• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभाः ‘नारायण गुरु’को सफलतामा ‘गुरुआमा’को महत्वपूर्ण हात





बरिष्ठ पत्रकार एवं रेडियो मध्यपश्चिमका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माकी धर्मपत्नी रोहिणीदेवी शर्माको स्मृतिमा आज श्रद्धाञ्जलीसभा गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ, राप्ती साहित्य परिषद्, नागरिक समाज, सर्वोदय पुस्तकालय र पत्रकार महिला मञ्च दाङको आयोजनामा कार्यक्रम भएको हो ।


कार्यक्रमका वक्ताहरुले कुनै पनि व्यक्तिको सफलताका पछाडि परिवारको प्रमुख हात रहने र त्यसमा पनि श्रीमान्को सफलतामा श्रीमतीको साथ रहने भएकाले नारायण गुरुको सफलतामा श्रीमती रोहिणीको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

नेपालमा पुरुषको सफलतामा महिलाको योगदानको चर्चा नहुने गरेको भन्दै वक्ताहरुले श्रीमान् श्रीमतीलाई सँगसँगै स्थापित गर्नसक्नुपर्ने र त्यसका लागि श्रीमान्सँगै श्रीमतीको पनि योगदान संस्थागत गर्नुपर्ने धारणा राखेका थिए ।

शर्माको परिवार निजी परिवार मात्र नभएर दाङको राजनीतिक र सामाजिक आन्दोलन तथा साहित्यिक र पत्रकारिता क्षेत्रको आन्दोलनरत संस्था भएको भन्दै वक्ताहरुले रोहिणीदेवी शर्माको योगदानको पनि सामाजिकरुपमै संस्थागत गरिनुपर्ने बताएँ ।


कार्यक्रममा बरिष्ठ पत्रकार शर्माले आफू जेलमा परेको बेला अपमान सहेर ननिस्कनु बरु आफू जस्तोसुकै दुःखकष्ट भोग्न तयार छु भन्ने श्रीमतीको साहसी अभिव्यक्तिका कारण आफू अगाडि बढ्न सजिलो भएको बताउनुभयो ।


राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता, पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माको प्रमुख तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको बिशिष्ठ आतिथ्यमा भएको सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका इञ्चार्ज जीवन गौतम, प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, प्रदेशसभा सदस्य दामा शर्मा, बरिष्ठ साहित्यकार गिरिराज शर्मा, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरी, साहित्यकार उत्तमकृष्ण मजगैया, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओलीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष सविन प्रियासनले धन्यवाद दिनुभएको थियो ।

Facebook Comments