• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वाधारमन्त्री नै पैदल हिड्नु परेपछि अब किन नबन्ला सडक ?




प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगर, प्रदेश ५ सरकारकै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश ५ का भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार, प्रदेशसभाका सदस्य तेजबहादुर ओली र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी रुकुमपूर्वका इन्चार्ज खेममान खड्का लगायत भौतिक र कृषि मन्त्रालयका सचिवहरूले रुकुमपूर्वका भूमे, पुथा र सिस्ने गाउँपालिकाका विकट ठाउँका समुदायसँग साक्षात् गरिरहनु भएको छ ।

सोमबार देखि भूमे–९ चुनबाङबाट समुदायसँग भेटघाट तथा प्रदेश सरकारको बजेटबाट योजना सञ्चालन भइरहेका विकास निर्माणको निरीक्षण उक्त टिमले सडक सञ्जाल तथा सञ्चारको पहुँचबाट वञ्चित रहेका ठाउँहरूका समुदायसँग भेटघाटमा रहनुभएको हो ।


बुधबार बिहान भूमे गाउँपालिकाबाट यात्रा सुरु गर्नुभएका उहाँहरूले पुथाउत्तरगंगा गाउँपालिकाको क्यूबाङ, गर्खानी, कोल, गोल्खाडा त्यसैगरी राङ्सी, नाखा हुँदै जामा बगर सिस्ने गाउँपालिकाको नाइगाट, तिपतारा, देउखोला भएर दाउने भई बिहीबार दिउँसो रुकुमकोटमा पुग्नुभएको हो ।


पुथा–१४ जामा बगर सम्म सडक पुगेता पनि वर्षातका पहिरोले सडक अवरुद्ध खोल्न नसकिएको कारणले नाखा गाउँबाट नै पैदल तीन घण्टा हिदेर सिस्ने–२ नाइगाटमा बुधबार बास बसेर बिहीबार बिहान तीन घण्टा सानीभेरीको तिरै तिरको भिरका यात्रासँगै स्थानीय समुदायसँग अन्तरक्रियात्मक र छलफल गर्दै देउखोला सम्म पैदल यात्रा गर्नुभएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी लट्ठी टेकेर पैदल हिडिरहेको देख्दा स्थानीयहरु भन्दै थिए– सडक निर्माणको योजना मन्त्री नै पैदल हिड्न परेपछि अब किन नबन्ला सडक !

Facebook Comments