• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा अध्यक्षको नमूना कामः जनताको घरघरमै पुगेर स्वास्थ्य जाँच र उपचार





रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा न ९ ले टोल टोल तथा बस्ती बस्तीमा पुगेर नागरिकलाई घरदैलोमै सेवा दिइएको छ ।


वडा कार्यालयको आयोजनामा मङ्सिर ८ गतेदेखि १२ गतेसम्म अभियान सञ्चालन भएको हो ।

जसबाट वडामा रहेका ८ सय ३२ जना ब्यक्तिहरुले घरदैलोबाटै प्रत्यक्ष सेवा प्राप्त गरेको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो । २ सय ९६ ले घरमै घरजग्गा राजश्व तथा तिरो बुझाएका छन् । जसबाट १ लाख २८ हजार ५ सय ४९ रुपैयाँ राजश्व संलन भएको छ ।


यसैगरी २ सय ४६ जनालाई निशुल्क स्वास्थ्य चेक जाँच तथा निशुल्क वितरण गरिएको छ । १७० घर परिवारका ६ सय ८५ वटा पसुचौपायको निशुल्क स्वास्थ्य जाँच गरिएको छ भने औषधि पनि वितरण गरिएको छ ।

२५ वटा बोका र २ वटा बहरको बन्ध्याकरण गरिएको छ भने अभियानमा १७ जनाको व्यक्तिगत सिफारिस गरिएको छ । ५ जनाको जन्म दर्ता पनि पनि गाउँमै पुगेर गरिएको छ । यसबाट २ हजार ७० रुपैया राजश्व संकलन भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।


वडाका विभिन्न १२ जना महिलाहरुले इम्प्लान्ट राख्नुका साथै एक जनाले निकाल्नु भएको थियो भने ६० जना महिलालाई अस्थायी परिवार नियोजनसमन्धी सेवा दिइएको थियो । वडा अध्यक्ष ओलीको नेतृत्वमा १२ जनाको टोली गाउँगाउँ पुगेको थियो ।

जसमा वडा सचिव टेकबहादुर रोका, स्वास्थ्य चौकी इन्चार्ज डिल्लीराज बोहरा, पशु प्राबिधिक शिबराज महतारा, सुनौलो परिवार नेपाल मेरी स्टोपकी कार्यक्रम अधिकृत सुष्मा घर्ती मगर, निर्मला बि सि, त्रिपुरा मल्ल, स्मृति जिएम, सहयोगी कुलपंसाद ओली लगायत रहनुभएको थियो ।

Facebook Comments