• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थवाङमा ६ महिनाभित्र सौर्य उर्जाबाट १५० किलोवाट विद्युत निकालिने




रोल्पाको थवाङमा १५० किलोवाटको सौर्य विद्युत मिनी ग्रिड आयोजना निर्माण गरिने भएको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा दक्षिण एसिया उपक्षेत्रीय आर्थिक समन्वय (सासेक) कार्यक्रमअन्तर्गत नवीकरणीय ऊर्जा प्रविधिबाट थवाङ क्षेत्रको विद्युतीकरण गर्न आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आर्थिक अनुदान दिने नेपाल मिनी ग्रिडका आयोजना प्रबन्धक सन्तोष राईले बताए । उनका अनुसार यो सासेकअन्तर्गत निर्माण हुने अहिलेसम्मको ठूलो साैर्य मिनीग्रिड आयोजना हुनेछ ।

मिनी ग्रिड आयोजना निर्माण गर्न केन्द्रले शूर्योदय ऊर्जा प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र शूर्योदय प्रालिका प्रमुख नविन भुजेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अबको ६ महिनाभित्र शूर्योदयले थवाङमा आयोजना निर्माण सम्पन्न गर्नुपर्नेछ । उर्जामन्त्री बर्षमान पुनको उपस्थितिमा सम्झौता भएको हो ।

सौर्य विद्युत मिनी ग्रिड आयोजना सम्पन्न गरेर थवाङ क्षेत्रमा विद्युतीकरण गरिने केन्द्रले जनाएको छ । आयोजना सम्पन्न गरेर थवाङ गाउँपालिकाकाे विद्युतीकरण गरिने केन्द्रले जनाएकाे छ ।

थवाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्वाचन क्षेत्र हो । सासेक कार्यक्रमअन्तर्गत केन्द्रले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका जिल्लामा मिनीग्रिड आयोजना निर्माण गरेर स्थानीय क्षेत्रको विद्युतीकरण गर्दै आएको छ । केन्द्रले निजी कम्पनीसँगको सहकार्यमा नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत सेवा पुर्याएर विद्युतीकरण गरिरहेकाे छ ।

Facebook Comments