• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अपडेटः अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८




अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बसको नरपानीमा दुर्घटना हुँदा जना १८ को मृत्युु भएको छ ।

हाल सम्म १० पुरुष, १ बालक र ७ महिला गरी १७ जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन्। १७ जनाको घट्नास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा निधन भएको प्रहरी जनाएको छ ।

बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा दुर्घटना भएको हो।

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो।

गम्भिर घाइते १२जनालाई उपचारकाे लागि बुटवल पठाईएकाे छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ । मृत्युु हुनेको सनाखत हुन बाँकी छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्।

सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।

Facebook Comments