• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिम दाङमा चुनावी सरगर्मीः कांग्रेस प्रवेश गरेकाहरु धमाधम घर फर्कदै





पश्चिम दाङमा चुनावी सरगर्मी निकै जोडतोडका साथ लागेको छ ।

दाङ ३ ख मा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । त्यसैले एक अर्काका कार्यकर्ता आफूतिर आकर्षित गर्ने रणनीतिमा दुबै दलहरु लागेका छन् ।

कांग्रेसबाट नेकपामा फर्कदै शान्तिनगरको पातेटाकुराका युवा

शीर्ष नेताहरु दाङ ल्याएर ठूल्ठूला चुनावी सभा गरेको कांग्रेसले नेकपाका केही कार्यकर्तासहित नेकपा समर्थक धेरैलाई आफ्नो पार्टीमा प्रवेश गराएको थियो । कांग्रेसले नेकपासमर्थक धेरै मतदाता प्रवेश गराए पनि टिकाउन भने सकेको छैन ।

नेकपाबाट कांग्रेसमा प्रवेश गरेकाहरुलाई फिर्ता गराउँदा नै आफ्नो मत सुरक्षित हुने देखेर नेकपाका नेताहरुले घर फिर्ती अभियान तीब्र पारेका छन् । आधा दर्जन बढी केन्द्रीय नेताहरु पश्चिम दाङमै खटाएको नेकपाले धेरै कार्यकर्ता फिर्ता पनि गरिसकेको दावी गरेको छ ।

थप कांग्रेसबाट नेकपामा प्रवेश गराउने काम पनि भइरहेको उसको दावी छ । केही दिनअघि गत स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट बबइ ३ मा वडा अध्यक्षका उम्मेदवार बनेका डम्मर खत्री कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेस प्रवेश गरेका डम्मर खत्री नेकपामा फर्कदै

नेकपाको १० मंसिरमा भएको बबइ सभाबाट खत्री फिर्ता हुनुभएको छ । उहाँसँगै सो सभाबाट २ सय ५४ जनालाई पार्टी प्रवेश गराएको नेकपाको दावी छ ।

त्यस्तै ११ बैशाखमा नेकपाले शान्तिनगरको पातेटाकुरामा नेकपाबाट कांग्रेस प्रवेश गरेका स्थानीय महिला कार्यकर्ता र युवाहरुलाई पार्टीमा फिर्ता गराएको सो पार्टीले जनाएको छ । शान्तिनगरका नेताहरु खर्के सुनार, राधिका परियारलगायतको पहलमा उनीहरु पार्टीमा फिर्ता भएका हुन् ।

चुनाव प्रचारको अवधि सकिए पनि दलहरुले मौन अवधिमा आन्तरिक परिचालनलाई तीब्र बनाएका छन् ।

Facebook Comments