• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १६ मा पार्टी निर्णय नमान्नु लछिनको अपमानः मुख्यमन्त्री





प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शंकर पोख्रेलले वडा अध्यक्ष लछिन बुढाको निधनपछि हुन लागेको घोराही १६ मा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार उठ्नु र उठाउनु पार्टीको अनुशासन उल्लंघन मात्र नभइ स्वयं पूर्वअध्यक्ष लक्षिन बुढाको पनि अपमान भएको बताउनुभएको छ ।


पार्टी उम्मेदवार बनेर जनताको मतद्वारा निर्वाचित भइ पार्टी नेताको रुपमा स्थापित भएका बुढाको नाम लिएर कोही पार्टी निर्णयविपरीत जान्छ भने उ समाप्त भएर जाने पनि उहाँले चेतावनी दिनुभयो ।

दलीय व्यवस्थामा एक्लै व्यक्तिले केही गर्न नसक्ने र जनता अनुशासनहिन व्यक्तिका पछाडि पनि नलाग्ने उल्लेख गर्दै उहाँले मतदाताले चुनावबाटै सबैखाले भ्रमको अन्त्य गरिदिने पनि बताउनुभयो ।

आफू जित्नभन्दा पनि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने उद्देश्यसहित घोराही १६ मा स्वतन्त्र उम्मेवार उठाइएको भन्दै उहाँले लक्षिनले थालेको विकासको अभियान पूरा गर्न लक्षिनकै पार्टी नेकपाले मात्र सक्ने, अरु कसैले यो काम नसक्ने पनि उहाँले बताउनुभयो ।

अहिले संघ, प्रदेश र उपमहानगरमा नेकपाकै सरकार भएकाले कोही व्यक्ति वा अरु दलले चुनाव जितेर विकास गर्छु भन्नु नसुहाउने कुरा भन्दै उहाँले जनता कसैको सनकका पछाडि नलाग्ने र विकास रोज्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।


उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार बनेपछि विकासको मुल फुटेको बताउनुभयो । प्रतिपक्षले सरकारले गरेको राम्रो काम देखेर छटपट्टाएर भ्रम छरेको पनि उहाँको दावी थियो ।
घोराही १६ मा मात्रै सघन सहरी कार्यक्रम बाट तीन ठूला सडक निर्माण सुरु भएको, प्रदेश स्तरीय रंगशाला निर्माण भैरहेको उहाँले जानकारी दिनुभयो । शहर भन्दा गाउँमा विकास निर्माणको काम प्राथमिकताको आधारमा अघि बढाएको मुख्यमन्त्रीले बताउनुभयो ।

‘हामी व्यवस्थित योजनाका साथ अघि बढेका छौं’– उहाँले भन्नुभयो– ‘दाङ पानी मुनिको पुल भनेर चिनिथ्यो तर, हाम्रो पालोमा पानी माथिको पुल भनेर चिनिन थाल्यो । कांग्रेसले केही गरेन भनेर भ्रम छर्छ । हाम्रो पालोमा हेर्नुस विकास कुन रफ्तारमा भैरहेको छ ।’

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई हानी नोक्सानी हुनेगरी बिचार बिचार व्यक्त गरेको बताउनुभयो । ‘राष्ट्रियताको सवालमा कांग्रेस यति गैरजिम्मेवार हुने ?’– उहाँले भन्नुभयो– ‘पत्रकार सम्मेलन गरेर अभिव्यक्ति फिर्ता लिन अनुरोध गरे तर, अझै उहाँको अभिव्यक्ति फिर्ता भएन । राष्ट्रियताको सवालमा यति धेरै गैर जिम्मेवार हुनु राम्रो होइन ।’

चुनावी सभालाई नेकपाका सचेतक शान्ता चौधरी, पूर्व मन्त्री रेखा शर्मा, प्रदेश सभा सदस्य अम्बरबहादुर डाँगी, अध्यक्षका उम्मेदवार सुरेशबहादुर केसी, कार्यवाहक वडा अध्यक्ष जगत श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण देउमन दमाईले गर्नुभएको थियो ।

Facebook Comments