• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रीपाली दम्पत्तिको राजनीतिक मिलन




नेपाली समाजमा प्रायः महिलालाई हेपिन्छ । अझ राजनीतिक अधिकारको सवालमा त महिलालाई दोस्रो दर्जाकै नगारिकको रुपमा हेरिन्छ ।

प्रायः बुवा, ससुरा र श्रीमान्हरु जता जान्छन्, महिलालाई पनि त्यही राजनीतिक विचारप्रति जबरजस्ती लगाइन्छ । दाङकी महिला नेता पुनम श्रीपाली यसको अपवाद हो, जो श्रीमान्का पछाडि लाग्नुभएन बरु श्रीमान्लाई आफ्नो विचारमा सहमत गराउनुभयो ।

तत्कालीन एकीकृत नेकपाबाट डा. बाबुराम भट्टराइले नयाँ शक्ति बनाएपछि पुनमका श्रीमान् धिरज श्रीपाली नयाँ शक्तिमै लाग्नुभयो । दाङ जिल्ला संयोजकहुँदै उहाँ नयाँ शक्तिको केन्द्रीय सदस्य र फोरमसँगको एकतापछि समावजवादी पार्टीको संघीय परिषद् सदस्य बन्नुभयो । तर, पुनम भने एनेकपा माओवादीमै रहनुभयो ।

त्यसपछि पार्टी एकतापछि नेकपा माओवादी केन्द्रमा रनुभयो भने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उहाँ नेकपा दाङको कार्यालय सदस्यको रुपमा रहनुभएको छ । मंसिर १० गते धिरज नेकपामा प्रवेश गरेसँगै उहाँहरुको पार्टी एउटै भएको छ ।

दुबै जनाले आफूहरुले कहिल्यै एउटाको राजनीतिक विचारमा अर्कोले हस्तक्षेप नगरेको बताउनुभएको थियो । घरायशी बिषयमा बहस भए पनि राजनीतिक विचारमा आ–आफ्नै मान्यतामा रहेकाले केही समय फरक पार्टीमा रहनुपरेको उहाँहरुको भनाइ छ ।

Facebook Comments