• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अरब बस्दा दैनिक एक रियाल जम्मा पारेर गाउँमा छात्रवृत्ति





रुकुमपश्चिम मुसीकोट नगरपालिका १० का एक युवाले बैदेशिक रोजगारीका लागि साउदी अबमा बस्दा दैनिक एक रियाल जम्मा गरेर गाउँको विद्यालयमा छात्रवृत्तिको अक्षयकोषण स्थापना गर्नुभएको छ ।


मुसीकोट १० चुन खड्का टोलका पदम खड्काले सामाजिक सेवाको यस्तो अभियान थाल्नुभएको हो । २०७२ सालको भूकम्प गएपछि बिदेशमा बसेर पनि स्वदेशका लागि केही गर्नुपर्छ भन्ने मनशायका साथ उहाँले दैनिक एक रियाल जम्मा गर्ने अभियान थाल्नुभएको थियो ।


सोहीअनुसार उहाँले २०७३ सालमा २५ हजार रुपैयाँको अक्षयकोष मालिका मावि चुनमा स्थापना गर्नुभएको थियो । त्यसपछि जम्मा गरेको पुनः एक हजार रियाल (२८ हजार रुपैयाँ) उहाँले यसपटक विद्यालयलार्य हस्तान्तरण गर्नुभएको छ ।


उहाँले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्का, विद्यालयका प्राधानाध्यापक खड्कसिंह कठायत, वडा शिक्षा समितिका संयोजक धनबहादुर खड्कालगायतका रोहवरमा विद्यालयमा हस्तान्तरण गर्नुभएको थियो । यो रकमबाट विद्यालयमा जेहेन्दार विद्यार्थीलाई बर्षेनी छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।


यसैबीच विद्यालयलाई जेडी निर्माण सेवाका सञ्चालक जीवन केसीले १३ हजार बराबरको खेल सामग्री हस्तान्तरण गर्नुभएको छ । उहाँले भलिबल २, जाली १, पम्प १, र सिटी १ गरी जम्मा १३ हजार बराबरको खेलकूद समग्री मालिका माविलाई हस्तान्तरण गर्नुभएको हो ।

Facebook Comments