• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाले घोराही १६ को अन्तिम चुनावीसभा भोलि गर्ने




उप निर्वाचनमा खुल्ला प्रचार प्रसार गर्ने अन्तिम दिन बुधबार (भोली) नेकपाले घोराहीमा १६ मा बिशाल सभाको आयोजना गरेको छ । नेकपा घोराही उपहानगरपालिका कमिटीका अध्यक्ष राममणि पाण्डेयले घोराहीको कपासीमा सभाको आयोजना गरिएको जानकारी दिनुभएको छ ।

घोराही उपमहानगरपालिका १६ मा पनि मंसिर १६ गतेका दिन उपनिर्बाचन हुँदैछ । यसअघि भएको स्थानीय निर्वाचनमा नेकपाबाट बिजयी बन्नुभएका लक्षिणप्रसाद बुढा मगरको निधन भएपछि निर्बाचन हुन थालेको हो ।

निर्बाचनमा नेकपाबाट सुरेश केसी र नेपाली काँग्रेसबाट तारा डाँगीका बीचमा मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यद्दपी स्थानीय निर्बाचनमा तत्कालिन नेकपा एक्लैले ल्याएको मत नेपाली काँग्रेस र तत्कालीन माओवादीका उमेदवारले ल्याएको मत भन्दा पनि धेरै थियो ।

निर्बाचन प्रचार प्रसारको अन्तिम तयारी स्वरुप बुधबार दिउँसो १२ बजे सभाको आयोजना गरिएको नेकपा घोराहीका अध्यक्ष पाण्डेयले बताउनुभयो । सभालाई प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभापूर्ब वडा नं. १६ मा युवाहरुले मोटरसाइकिल ¥याली निकाल्ने तयारी गरिरहेको युवा संयोजक मिलन डाँगीले जानकारी दिनुभयो । यसैबीच नेकपा घोराही उपमहानगरपालिकाका अध्यक्ष राममणि पाण्डेय र सचिव प्रमोद शर्माले मंगलबार (आज) बिज्ञप्ती जारी गरेर दिउँसो आयोजना गरिएको सभामा सहभागि हुन आम वडाबासीलाई आग्रह गर्नुभएको छ ।

Facebook Comments