• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान महासंघको केन्द्रीय उपाध्यक्षमा रेशम गिरी र लेखा सदस्यमा भीमसेन गिरी





कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघको केन्द्रीय उपाध्यक्षमा दाङका रेशम गिरी निर्वाचित हुनुभएको छ ।

महासंघको २६ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।


क्यान महासंघ दाङको उपाध्यक्ष, अध्यक्षहुँदै केन्द्रीय समितिको तेस्रो कार्यकालमा उहाँ उपाध्यक्ष हुनुभएको हो । विगत बीस बर्षदेखि सूचना प्रविधिको क्षेत्रको क्रियाशील गिरी राप्ती इञ्जिनियरिङ कलेजको प्रिन्सिपल र सूचना प्रविधि अनुसन्धान तथा विकास केन्द्रका संयोजक हुनुहुन्छ ।


त्यस्तै दाङकै भीमसेन गिरी क्यान महासंघको केन्द्रीय लेखा समिति सदस्यमा निर्वाचित हुनुभएको छ । क्यान महासंघ दाङको अध्यक्ष सहिसक्नुभएका गिरी पनि राप्ती इञ्जिनियरिङ कलेजको निर्देशक हुनुहुन्छ ।

क्यान महासंघको अधिवेशनबाट नवराज कुँवरको अध्यक्ष रहेको ४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

Facebook Comments