• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्तर ओलीसँग चुनाव लडेका श्रीपाली उत्तरपत्नीलाई सघाउन नेकपामा





समाजवादी पार्टी नेकपाका केन्द्रीय परिषद् सदस्य एवं २०७० सालको निर्वाचनका तत्कालीन माओवादीबाट दाङ क्षेत्र नम्बर ५ का उम्मेदवार धिरज श्रीपाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । उहाँ हापुरेमा आयोजित नेकपाको चुनावी सभाबाट नेकपामा प्रवेश गर्नुभएको हो ।


नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ५ का इञ्चार्ज शंकर पोख्रेलले उहाँलाई पार्टी प्रवेश गराउनुभएको थियो । दाङका पुराना स्थापित माओवादी नेता श्रीपाली पार्टी विभाजनपछि नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो ।

रमाइलो संयोग त के छ भने उहाँ संविधानसभा २०७० को चुनावमा तत्कालीन एकीकृत नेकपा माओबादीको तर्फबाट दाङ क्षेत्र नम्बर ५ मा चुनाव लड्नुभएको थियो ।

सो चुनावमा कांग्रेसका दीपक गिरी १५ हजार ३ सय ५८ मत प्राप्त गरि बिजयी हुनुभएको थियो भने निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उत्तरकुमार वलीले १० हजार ९ सय ६३ र एकिकृत नेकपा माओबादीका धिरज शेपाईलीले ७ हजार ४ सय ५१ मत प्राप्त गर्नुभएको थियो ।

अहिले उनै उत्तरकुमार ओलीकी श्रीमती बिमला खत्री ओली चुनाव लडेको बेला चुनाव हुनुभन्दा चार दिन अघि ओलीलाई सघाउन श्रीपाली नेकपा प्रवेश गर्नुभएको छ ।


तत्कालीन एनेकपा माओवादीबाट डा. बाबुराम भट्टराइको समूह फूटेपछि श्रीपाली पनि भट्टराइकै नयाँ शक्तिमा लाग्नुभएको थियो ।

नयाँ शक्ति र फोरमबीच भएकता भएर बनेको समाजवादी पार्टीको उहाँ केन्द्रीय परिषद् सदस्य रहनुभएको थियो ।

पार्टी प्रवेश गर्दै श्रीपालीले श्रमजीवी जनताको मुक्ति कम्युनिष्ट पार्टीबाट मात्रै संभव भएको भन्दै अब समृद्धिबाट बाटोमा समाजवादी बाटोमा अघि बढ्न उपयुक्त पार्टी नेकपा नै भएकाले पुनः आफू यो पार्टीमा फर्केको बताउनुभयो ।

Facebook Comments