• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजवादीका केन्द्रीय सदस्य श्रीपाली नेकपामा प्रवेश





समाजवादी पार्टी नेकपाका केन्द्रीय परिषद् सदस्य एवं २०७० सालको निर्वाचनका तत्कालीन माओवादीबाट दाङ क्षेत्र नम्बर ५ का उम्मेदवार धिरज श्रीपाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । उहाँ हापुरेमा आयोजित नेकपाको चुनावी सभाबाट नेकपामा प्रवेश गर्नुभएको हो ।


नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ५ का इञ्चार्ज शंकर पोख्रेलले उहाँलाई पार्टी प्रवेश गराउनुभएको थियो ।

दाङका पुराना स्थापित माओवादी नेता श्रीपाली पार्टी विभाजनपछि नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो ।

उहाँले २०७० सालको चुनावमा झण्डै दश हजार मत प्राप्त गर्नुभएको थियो । नयाँ शक्ति र फोरमबीच भएकता भएर बनेको समाजवादी पार्टीको उहाँ केन्द्रीय परिषद् सदस्य रहनुभएको थियो ।

पार्टी प्रवेश गर्दै श्रीपालीले श्रमजीवी जनताको मुक्ति कम्युनिष्ट पार्टीबाट मात्रै संभव भएको भन्दै अब समृद्धिबाट बाटोमा समाजवादी बाटोमा अघि बढ्नसमाजवादीका केन्द्रीय सदस्य श्रीपाली नेकपामा प्रवेश उपयुक्त पार्टी नेकपा नै भएकाले पुनः आफू यो पार्टीमा फर्केको बताउनुभयो ।

Facebook Comments