• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनाका विद्यार्थीले यसरी देखाए नमूना, सार्वजनिक समारोहमै बटुले प्रशंसा






शिक्षक संगै चौरको फोहोर टिपे ।

शिक्षक संगै चौरको फोहोर टिपे ।


कहिँ कतै एक टुक्रा प्लाष्टिक रहन दिएनन् ।


खानेहरुले टेवुलमै प्लेट छोड्थे । नजिकै रहेको डस्टिविनमा हाल्दैन्थे । त्यो पनि उठाए ।

शौचालयमा लगेर गलाको हजारी फुलमाला पनि फालेका थिए ।


शुद्धप्लस खानेहरुले युरीनल बुझिने बनाएका थिए । शौचालयमा डस्टिविन राखेपनि प्रयोग गरेनन् ।


बाटोमा पानी छ्याप छ्याप लागेपछि शिक्षक विद्यार्थीले बढारेर सफा गरे ।
खाना पकाउन । पस्किन लागे ।


खुर्सानी चाहियो, मासु थप्ने हो, तरकारी भात के चाहियो सोधि सोधि खुवाए ।

टेवुल पुच्छनेहरु हँसिला थिए । गिलास टिपेर डस्टिवनमा हाल्दा घिन मान्दैन्थे । चौर भरीको फोहोर टिप्दा रिसान्नथे । सरहरुले काम अह्राउँदा झर्किन्नथे ।

दुई सय बढि शिक्षक विद्यार्थी र अतिथिको सत्कार मावि रझेनाका छात्राछात्राहरुले दुईदिन सम्म मिजासले पुरा गरे ।


स्वयंसेवक विद्यार्थीहरुको आफ्नै संरचना थियो । त्यस संगै विद्यालयका प्रधान अध्यापक उद्धव न्यौपाने, सहायक रामहरी रिजाल लगाएत सबै जसो शिक्षक शिक्षिका फिल्डमै खट्नुभएको थियो ।

शिक्षक नायक गिरी प्रसाद भट्टराईका अनुसार शिक्षकहरु घर नगै कम्वल ओढेर त्यहि सुत्नुभयो । भान्सामा खट्नुभयो । मञ्च व्यवस्थापन देखि बसाई मिलाउने गरियो ।

नेपाल रेडक्रस सोसाईटीको ३० औँ जिल्ला जुनियर तथा युवा रेडक्रस दुईदिने शनिवार गोष्ठि सम्पन्न भयो ।

Facebook Comments