• २३ कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउवाको प्रश्न– मैले बुटवल लगेको राजधानी सभामुख र मुख्यमन्त्रीले किन दाङ ल्याएनन् ?





नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले बुटवल लगेको प्रदेश ५ को राजधानी दाङ ल्याउ नसक्नु कम्युनिष्ट नेताहरुको कमजोरी भएको बताउनुभएको छ ।


दाङ ३ खको चुनावीसभामा उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले कम्युनिष्ट नेताहरुलाई प्रश्न समेत गर्नुभयो– ‘मैले त केही समयका लागि पो बुटवल लगेको हुँ, सँधैका लागि होइन नि ! दाङबाट जितेका नेताहरु सभामुख र मुख्यमन्त्री भएर किन दाङ राजधानी ल्याएनन् ।’ अब राजधानी दाङ ल्याउन आफ्नो पार्टीलाई जिताउन पनि उहाँले आग्रह गर्नुभयो ।


सभामा त्यसैगरी कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, सशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, प्रकाश शरण महत, बालकृष्ण खाँड, मोहन बहादुर बस्नेत, दिपक गिरी, उमेदवार केशव आचार्य लगायतले बोल्नुभएको थियो ।


निर्वाचन प्रचार प्रसार समितिका संयोजक खिमबहादु वलीको अध्यक्षताम भएको कार्यक्रमको संचालन कांग्रेस जिल्ला सचिव शंकर डाँगीले गर्नुभएको थियो ।

Facebook Comments