• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँगाउँमा मेलाको माहोलः कुनाखेत मेला भव्य बनाउने तयारी





रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, पिपल जिपुको कुनाखेत मेला यही मंसिर २३ देखि २७ गते सम्म लाग्ने भएको छ । मेला व्यवस्थापन समितिले विभिन्न खेलकुद कार्यक्रम, साँस्कृतिक झाँकी सहित ५ दिन सम्म मेला लगाउने गरी निर्णय गरेको हो ।

वडाको भेलाबाट कर्णबहादुर खत्रीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । मेला तथा मेलामा आयोजित विभिन्न कार्यक्रम सफल बनाउन ५ वटा विभाग समेत गठन गरिएको छ ।

डिलबहादुर नाथ संयोजक रहेको खेलकुद विभाग, जनकुमारी खत्री संयोजक रहेको आर्थिक विभाग, लालसिङ खत्री संयोजक रहेको साँस्कृतिक विभाग गठन गरिएको छ । यसैगरी अर्जुन खत्री संयोजक रहेको सूचना तथा सञ्चार विभाग र धनबहादुर खत्री संयोजक रहेको सुरक्षा विभाग गठन गरिएको छ ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित बनाउन विभिन्न विभाग समेत गठन गरिएको संयोजक कर्णबहादुर खत्रीले बताउनुभयो । २३ गतेदेखि खेलकुद कार्यक्रम हुने र मंसिर २७ गते दिउँसोबाट २८ गते विहान सम्म मुख्य मेला लाग्ने खत्रीले जानकारी दिनुभयो ।

मेलामा परम्परागत झाँकीहरु, नाचगान सहित, सिंगारु, मयुर, पैसेरु, दमाहा नाच, महिलाको मात्रै सिंगारु नाच देखाइने छ । यसको साथै अरु नाच तथा गीत प्रस्तुत गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

कुनाखेत मेलामा साँस्कृतिक कार्यक्रमको साथै खेलकुद कार्यक्रम पनि राखिएको छ । मेलामा खुला वडा स्तरीय महिला तथा पुरुष भलिबलको साथमा बाँफिकोट गाउँपालिका स्तरीय खुला डबल व्याटमिन्टन पनि आयोजना गरिएको सूचना तथा सञ्चार विभाग प्रमुख अर्जुन खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष तर्फको भलिवल विजेताले मेडल प्रमाण पत्रको साथमा नगद ६० हजार, उपविजेताले ४० हजार र सेमिफाइनलसम्म पुगेका दुई समूहले १०÷१० हजार नगद पुरस्कार पाउनेछन् । महिला तर्फको विजेताले मेडल प्रमाण पत्रको साथमा नगद ३० हजार, उपविजेताले २० हजार र सेमिफाइनल पुग्ने २ समूहले ७÷७ हजार नगद पुरस्कार पाउनेछन् ।

यसैगरी मेलामा पहिलो पटक आयोजना गरिएको बाँफिकोट गाउँपालिका स्तरीय डबल व्याटमिन्टन प्रतियोगिताका विजेताले मेडल, प्रमाण पत्रको साथमा नगद ५ हजार, उपविजेताले ४ र सेमी फाइनल पुग्ने २ समूहले दुई÷दुई हजार नगद प्राप्त गर्नेछन् । यो मेला जिल्लाको पुराना मध्यको मेलामा पर्दछ ।

हरके मंसिरे पूर्णिमको अवसर पारी कुनाखेतमा मेला लाग्छ भने मेला लाग्ने ठाउँमा रहेको मन्दिरमा पूजाअर्चना गर्नाले सोचेको पूरा हुने जन विश्वास रहि आएको छ । मेलामा रुकुम पश्चिमका साथै जाजरकोट, सुर्खेत, रुकुम पूर्वबाट समेत सर्वसाधारणहरु आउने गर्दछन् ।

Facebook Comments