• ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्रीद्वारा कर्णालीका जिल्ला नेतासँग छलफलः पार्टी र सरकारलाई समाजवाद निर्माणमा परिचालन गरिने




17:39


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सत्तारुढ नेकपाका जिल्ला प्रमुखहरुसंग अन्तरक्रिया गर्नुभएको छ । कर्णाली प्रदेश अन्तरगतका सवै जिल्लाका जिल्ला ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव सहभागि रहेको अन्तरक्रिया कार्यक्रम प्रदेश सरकार संचालनका सन्दर्भमा सुझाव संकलन गर्न आयोजना गरिएको वताईएको छ ।

प्रदेश राजधानी सुर्खेतमा २ दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रमले सरकार र पार्टीका सवै तहका अंगहरुलाई जनताको आधारभुत जीवनमा देखिने गरि परिवर्तन गर्दै समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निश्कर्ष निकालेको अन्तरक्रियामा सहभागि रुकुम पश्चिम अध्यक्ष गोपाल शर्माले जानकारी दिनुभयो ।

पार्टी एकता पछि पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रममा पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवहरुले सुझाव राखेका थिए भने दोश्रो दिन जिल्ला सहईन्चार्ज तथा ईन्चार्जहरुले सरकारले संवोधन गर्नुपर्ने विषय, सरकार संचालनका क्रममा देखापरेका समस्याहरुको विषयमा सुझाव दिएका थिए ।

अन्तरक्रियाका सहभागिहवाट पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टीमवर्कमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्ने लगायतका सुझाव दिईएको नेकपा केन्द्रीय सदस्य एवं रुकुम पश्चिमका ईन्चार्ज राजकुमार शर्माले वताउनुभयो ।

नेता शर्माले अन्तरक्रिया कार्यक्रमवाट पार्टी र सरकारको नेतृत्व विचको वुझाईमा एकरुपता कायम गर्न सहयोग पुगेको वताउनुभयो । पार्टी नेतृत्व र सरकार विचको यस्तो अन्तरक्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी वनाउन सहयोग पुग्ने उहाँले वताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले सरकारको सफलताका लागि पार्टी र सरकारविच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी वनाउनुपर्ने धारणा राख्नुभएको वताईएको छ ।

नेकपाको नेतृत्वमा भएको सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा वढने भएकोले जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री शाहीले जिल्ला नेताहरुलाई आग्रह गरेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले जानकारी दिनुभयो ।

Facebook Comments