• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १६ मा बढ्दै माहोलः टोलटोलमा सभा





उपनिर्वाचनको मिति नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घोराही उपमहानगरपालिका–१६ मा आफ्ना गतिविधिलाई तीब्र पार्दै लगेको छ । नेकपाले उम्मेदवार सुरेशबहादुर केसीलाई विजयी बनाउन आग्रह गर्दै वडाका विभिन्न गाउँगाउँमा प्रचारलाई तीब्र बनाउँदै लगेको छ ।

नेकपाको विजयीमा मात्र वडाको विकास हुने भन्दै नेताहरुले आफ्नो अमूल्य मत खेर नफाल्न वडावासीहरुलाई आग्रह गरेका छन् । शनिबार डानम्वर–१६ को तेरौटेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सुरेशबहादुर केसीले वडानम्वर–१६ लाई नमुना वडा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

स्वर्गीय लछिनप्रसाद श्रेष्ठले सुरु गरेका योजनालाई पुरा गर्नका लागि नेकपाको विजयी अनिवार्य भएको भन्दै उम्मेदवार केसीले सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले नेकपाले समृद्धिको यात्राको थालनी गरेकाले यो यात्रालाइृ गन्तव्यमा पु¥याउन नेकपालाई विजयी बनाउनुपर्ने बताउनुभयो । लामो समयसम्म मुलुकको सत्ताको वागडोर सम्हालेको नेपाली कांग्रेसले जनतालाई आश्वासनमात्र बाँडेकाले नेकपाको सरकारले जनमुखी कामको थालनी गरिसकेकाले विकास र समृद्धिका लागि नेकपाको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराहीलाई मुलुककै उत्कृष्ट उपमहानगरपालिका बनाउन आफूहरु लागिपरेको बताउनुभयो ।

उपमहानगरपालिकाका कामलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय लछिनप्रसाद बुढामगरको दुखद् निधनले आफूहरुलाई मर्माहत बनाएको भन्दै चौधरीले उहाँका सपना पुरा गर्न र वडानम्वर–१६ को समृद्धिको यात्रालाई अगाडि बढाउनका लागि नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष जगतप्रसाद श्रेष्ठ, वडासदस्य मंगल चौधरीलगायतले बोल्नुभएको थियो ।

Facebook Comments