नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको बताउनुभयो । बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई आज दिउँसो सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं ।’ अध्यक्षले पार्टीमा अब कुनै पनि भ्रम नभएको र अब बाटो सफा भएको बताउनुभयो ।
अध्यक्षले राष्ट्रको एकता, स्वाधिनता र भौगोलिक अखण्डता कायमा गर्नको लागि नेपाली जनताको एकता भन्दा ठूलो तागत अरु केही पनि नहने प्रष्ट पार्नभयो । उहाँले अगाडि भन्नुभयो, ‘राष्ट्रका लागि अनवरतरुपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरुको एकता राष्ट्रमा अरु केही पनि हुँदैन ।’ यही जिम्मेवारीलाई राम्रोसँग महशुस गरेर नै पार्टी एकता गरेको बताउनुहुँदै सानो चित्तले एकता नभएको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नको लागि एकता पैदा गरिएको हो । यो वाम गठबन्धन पनि त्यहि एकताको कडीका रुपमा हामीले बुझेका छौं । मैले र हाम्रो पार्टी नेतृत्वले यहाँका पार्टीका साथीहरुलाई बिना कुनै तर यदि भन्ने कुनै आशंका नराखीकन वाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन अगाडि बढ्नु पर्दछ । पार्टी एउटा निश्चित बिचारबाट चलेको हुन्छ ।
त्यसका निश्चित उद्देश्य हुन्छन् । पार्टीमा छलफल र बहसहरु हुन्छन् । तर निर्णय भइसकेपछि सम्पूर्ण पार्टी सदस्यहरुले त्यो निर्णयको पालना गर्नुपर्दछ । पार्टी हुनुको यो न्यूनतम सर्त हो । त्यसो नभए पार्टी भन्ने हुँदैन । नेपालमा सिमानाका समस्या पुराना समस्याका रुपमा छन् । कालापानी र सुस्ताको समस्या जटिल र गम्भीर प्रकृतिको थियो ।
अहिले भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पुवाधुरा सम्मको भूभाग भारतमा देखाइएको छ । हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन, यसको निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौं । सरकारले त्यहि कुरा भनेको छ । अहिले राष्ट्र एकतावद्ध छ, जनता एकतावद्ध छन् । सबै दल र पार्टीहरु एकतावद्ध छन् । राष्ट्रको भौगोलिक अखण्डताको रक्षाको लागि र राष्ट्रको एकताको लागि कम्युनिष्ट पार्टी र त्यसको अध्यक्षको हैसियतले साझा उम्मेद्वारलाई बिजयी गराउन सबैसँग अपील गर्दछु ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।