• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मतदाताको समयअनुकूल नेकपाका सभा, अब हामीले जितिसक्यौंः चौधरी




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनाव प्रचारका क्रममा दिउँसो घरदैलो र साँझ चनावी सभा गर्ने गरेको छ । दिनमा जनता कामकाजमा रहने र एक ठाउँ भेला हुन समस्या हुने भएकाले यस्तो चुनावी शैली अपनाइएको नेकपाले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) माथि जनताले गरेको विश्वास र भरोसालाई पार्टीका नेता कार्यकर्ताहरुले कदापी नभुुल्ने विश्वास व्यत्त गर्नुुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १६ जुुरेटेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रमुुख अतिथि चौधरीले जनताको विश्वास र भरोसाले नेकपा दुुई तिहाईको सरकार सहित मुलुुकको पहिलो पार्टी रुपमा स्थापित भएकाले जनताको विश्वास र भरोसालाई पुुरा गर्न नेकपा लागि परेको बताउनुुभयो ।

जुरेटे टोल कमिटिका अध्यक्ष बिर बहादुुर डाँगीको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले भुमिहिन सुुकुम्वासीको समस्या समाधान नेकपाकै सरकारले थालनी गरेकाले भुमिहिन सुकुुम्वासी, गरिव, विपन्न जनताको भरोसा र विश्वास आत्मसाथ गर्दै नेकपा अघि बढिरहेको बताउनुुभयो ।

उहाँले घोराही उपमहानगरपालिकाको वडा नं. १६मा पनि भुमिहिन सुुकुुम्वासीको समस्या धेरै रहेकाले बसोबास गरी रहेको जनताहरुलाई बसोबास स्थायी बसोबासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले नेकपाको जनलहर र जनविश्वास अधिक रहेकाले उपनिर्वाचनमा पनि नेकपा नै बिजयी हुुने विश्वास व्यक्त गर्नुुभयो ।

स्थानीय तहको निर्वाचनमा पनि सुुर्यमै छाप लगाई स्वर्गिय वडाध्यक्ष लक्षिन बुुढालाई जितायौं वडाको समृद्धि र विकास लागि । उहाँको स्वर्गारोहण पनि उपनिर्वाचन हुुदैछ । यसपाली पनि सुुर्य छाप लगाउने हो स्वर्गिय वडाध्यक्ष बुढाको सपना पुुरा गर्न नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश बहादुुर केसी(प्रताप)लाई जिताउने मतदाताहरुको अठोट छ । घोराही उपमहानगरपालिका –१६ का भुवन थारुले भन्नुुभयो– ‘ वडाको विकास र समृद्धिका लागि स्वर्गिय वडाध्यक्ष बुढालाई जितायौं, बुढाको मृत्युुपछि वडाको विकास सपना पुुरा हुुन सकेन । त्यो सपना पुुरा गर्न अव फेरी सुुर्यमा मतदान गरी त्यो सपना पुुरा गर्ने छौं । ’

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) भुमिहिन, किसान, गरिव, विपन्न, बृद्धबृद्धा अपाङ अशक्तहरुको सेवा गर्ने पार्टी नै रहेकाले नेकपामा उम्मेदवार जिताउने मतदाताहरुको अठोट रहेको छ । जसले गरिव विपन्न वर्ग समुुदायको न्याय र मुुक्तिका लागि काम संघर्ष गर्दे आइरहेका उपनिर्वाचनमा पनि नेकपालाई बिजयी बनाउन उत्साह मतदाताहरुमा बढेको छ ।

वडाध्यक्ष बुढाको अधुरो सपना पुुरा गर्ने छुु: उम्मेदवार केसी

घोराही उपमहानगरपालिका वडा नं. १६को वडाध्यक्षको उम्मेदवार सुरेश बहादुुर केसीले स्वर्गिय वडाध्यक्ष लक्षिन बुुढाले वडाको विकास र वडावासीको सेवाका लागि देखेका सपना पुुरा गर्ने आफ्नो पहिलो सपना रहेको मतदाताहरु सँग प्रतिबद्धता जनाउनुुभएको छ ।

चुनावी प्रचारप्रसारका लागि मतदाता भेटघाटका लागि घरदैलो अभियानमा रहेको उम्मेदवार केसीले स्वर्गिय वडाध्यक्ष बुुढाले थालनी गरेका वडाको विकास र समृद्धिका योजनालाई प्राथामिक्तामा राख्दै आफू जनताको सेवामा खटिने बताउनुुभयो । उहाँले मतदाताहरुलाई भन्नुुभयो–‘ तपाई ढुुक्क हुुनुहोस् जे सोचेर स्वर्गिय वडाध्यक्ष जिताउनुु भएको थियो । त्यो पुुरा गर्ने जिम्मेवारी अब मेरो काँधमा आउदै छ । तपाईहरुले सुुर्यमा मतदान गर्नुुहोस् । ’

चुनावीसभामा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १६का नेकपा उम्मेदवार सुुरेश केसीले भुमिहिन सुकुुम्वासी समस्या र वडाको बृहत विकास र शहरीकरण आफ्नो पहिलो काम रहेको बताउनुुभयो । त्यस्तै शुक्रवार नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)ले घोराहीको तेरौटे, बाहुुनडाँडाँमा साँस्कृतिक कार्यक्रम सहित चुनाव प्रचारप्रसार गरेको छ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)ले शुक्रवार वडाको राप्ती इन्जिनियरिङ टोल , चाँदनी टोल तेरौटे लगायतका टोलहरुमा घरदैलो गरेको छ । शनिवार साँस्कृतिक कार्यक्रम सहितको चुनावी कार्यक्रम तय गरेको छ ।

चुनावी प्रचारमा काँग्रेस

नेपाली काँग्रेसका तर्फ घोराही उपमहानगरपालिका वडा नं. १६को उम्मेदवार बनेका तारा बहादुर डाँगीलाई जिताउन नेपाली काँग्रेस पनि चुनावी प्रचारप्रसार सँगै घरदैलो अभियानमा तिव्रता दिएको छ । नेपाली काँग्रेसले शुक्रवार वडाका विभिन्न टोलमा चुनावी प्रचारप्रसार सँगै घरदैलो मतदाता भेटघाटसँगै जनताको सेवामा समर्पित हुुने प्रतिवद्धता जनाएको छ ।

Facebook Comments