• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्रीको मनै लोभ्याउने हिमाली काम्लो र पटुका




प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास निर्माणका लागि स्थानीय सरकारले विकासको आधार तयार गर्ने र त्यसमा प्रदेश र संघ सरकारले लगानी गर्नु पर्ने बताउनुभएको छ ।

तीन दिने भ्रमणका लागि पहिलो पटक रुकुमपूर्वमा आउनु भएका मुख्यमन्त्री पोखरेलले शुक्रबार भूमे गाउँपालिकामा तीन वटै स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।


स्थानीय स्रोत साधनलाई पहिचान गरेर त्यसबाट नागरिक लाभान्वित गराउनु नै संघीयता सहितको समाजवादको विकास हुनुको मूलमर्म भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी प्रदेश ५ का इन्चार्ज समेत रहनु भएका मुख्यमन्त्री पोखरेलले तीन वटै सरकारको समन्वय र सहकार्यमा जनताका इच्छा आकाङ्क्षालाई पूरा गर्दै जानु नै अहिलेको नेकपा सरकारको मूल कार्ययोजना रहेको बताउनुभयो ।


स्थानीय सरकारले उक्त ठाउँका स्रोतसाधन तथा जनशक्तिलाई पहिचान गरेर आधाभूत विकासको आधार तय गर्ने र त्यसलाई पूर्णता दिने जिम्मा प्रदेश र संघ सरकारको भुमिका रहनु पर्नेमा जोडिनुभएको छ । त्यसैले कस्तो खालको विकासलाई प्राथमिकता दिने भन्ने कुरा स्थानीय सरकारको जिम्मेवारी रहेको समेत बताउनुभयो ।

समृद्ध नेपाल निर्माणको अभियानमा अगाडि जोडिने पुलको भुमिका खेल्ने भनेको स्थानीय जनप्रतिनिधिको मुलभूत दायित्व रहेको मुख्यमन्त्री पोखरेलले दावी गर्नुभयो । स्थानीय जनप्रतिनिधि हरेक दिन नागरिकसँग रहने भएकोले नागरिकको दैनिकीय समस्यालाई समाधान गर्ने योजनालाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था मिलाउने र नागरिकसँग एकाकार भएर योजना निर्माण गर्नमा विशेष ध्यान दिनुपर्नेमा समेत स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।


मुख्यमन्त्री पोखरेललाई भूमेबासीले आफूले पटुका, काम्लो, आलु, ओखर लगायत ६÷७ प्रकारका स्थानीय उत्पादित वस्तुको चिनो उपहार दिएका छन् । चिनो ग्रहण गर्दै पोखरेलले भन्नुभयो–‘हिमाली जिल्लाको उत्पादित वस्तु अर्गानिक रहेकोले आगामी दिनमा प्रदेश सरकारले यस्ता उत्पादित वस्तुलाई वुद्धि विकास गर्नमा विशेष साथ र सहयोगमा प्रतिवद्ध रहेको छ ।’

यस जिल्लामा स्वस्थकर आहार विहार उत्पादित हुने भएकोले कृषि उत्पादनलाई दिर्घकालिन योजना तय गरेर प्रदेश सरकारसँग माग आएमा यहाँको जनजीवनलाई उकास्न प्रदेश सरकारले लगानी गर्ने तयार रहेको उहाँले बताउनुभयो ।


तीन वटै स्थानीय सरकारले आफ्नो कार्य सम्पादन सहितको मागपत्र प्रस्तुत गरेका थिए । भूमे गाउँपालिकाको कार्यालय अगाडिको बगैँचामा जनप्रतिनिधिसँग बिहान ८ बजे देखि साढे ११ बजे सम्म अन्तरक्रिया कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कमला रोका, पूर्वमन्त्री एवं नेकपाका नेता गणेशमान पुन, दलजित श्रीपाली, पहिलो संविधान सभाका सदस्य जुनकुमारी रोका त्यसैगरी नेकपा जिल्ला इन्चार्ज एवं नेकपाका केन्द्रीय सदस्य खेममान खड्का, प्रदेश सभाका सदस्य तेजबहादुर ओली लगायतले सम्बोधन गर्नुभएको थियो ।


भूमेको कार्यक्रय समापन्न गरेर रोल्पा थबाङ तर्फ प्रस्थान गरेका थिए । थबाङ जाने क्रममा महत र धर्मशालाका शिक्षक विद्यार्थी लगायत स्थानीयले स्वागत गरेका थिए । थबाङमा मुख्यमन्त्री टोली सहितको प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी लगायतको थबाङको जनसभालाई सम्बोधन समेत गरेका थिए ।

Facebook Comments