• २ श्रावण २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बागी उम्मेदवारका पक्षमा लाग्ने जति सबै नेकपाबाट आउट





नेपाल कम्युुनिष्ट पार्टी(नेकपा) दाङले घोराही उपमहानगरपालिका वडा नंं १६ को उपनिर्वाचनमा आधिकारिक उम्मेदवारको बिपक्षमा लागे जति सबैलाई कारवाही गर्न माताहतका कमिटीलाई निर्देशन दिएको छ ।


नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव तुलसीराम पुुन (सुवास)ले विज्ञप्ति जारी गरी यस्तो निर्देशन दिनुभएको हो ।


पार्टी निर्णय विपरित उम्मेदवार दिने जगलाल चौधरीलाई यसअघि नै कारवाही गरिसकेको जनाउँदै विज्ञप्तिमा उम्मेदवार सुुरेशबहादुुर केसी (प्रताप) बिरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाग्ने व्यक्तिहरुलाई मातहततका सम्बन्धित पार्टी निकायबाट कारवाही गर्न निर्देशन गरिएको छ ।


उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरु प्रदेशसभा ३ (ख) बिमला वली र घोराही उपमहानगरपालिका वडा नं. १६मा सुुरेश बहादुुर केसी –प्रताप)लाई बिजयी बनाउन आग्रह गरिएको छ ।

Facebook Comments