• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पेसापालोको दशौं विश्वकपमा नेपाल सहभागी हुने, खेलाडीहरु भारत जाँदै




पेसापालो (फिनिक्स बेसबल) को विश्वकपमा नेपालले भाग लिने भएको छ ।


मंसिर १० देखि १४ सम्म भारतको पुनेमा हुने १० औं विश्वकप खेल्न नेपाली टोली ६ मंसिरमा नेपाली टोली त्यसतर्फ जाँदैछ ।
विश्वकपका लागि १३ खेलाडी छानिएका छन् । विधान पोखरेल, ईश्वर केसी, सुजन कार्की, राजेश मैनाली, सुदीप भुर्तेल, लाक्पा सिंह योल्मो, राजु श्रेष्ठ, संकल्प श्रेष्ठ, समिर श्रेष्ठ, अतित खनाल, मुकुन्द पौडेल, सुजल उप्रेती र सक्रिय थापा मगर छन् ।

विश्वकपमा नेपालसहित १२ देशले भाग लिने जनाइएको छ । ‘पेसापालो नेपालमा छोटो समयमै विश्व स्तरमा पहिचान बनाउने खेल हो । २०७४ माघबाट यो खेल नेपालमा खेल्न थालिएको हो ।

पेसापालो टिम अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न एसियन प्रतियोगितामा उत्कृृष्ट प्रदर्शन गर्दै दोस्रो बनेको थियो । त्यति बेला पनि दुस्खका साथ खेलाडीलाई खेल्न पठाइएको पेसापालोको एसियाली समितिका उपाध्यक्ष प्रशान्त दाहालले जानकारी दिनुभयो ।

के हो पेसापालो ?
पेसापालोलाई फिनिक्स बेसबल पनि भनिन्छ । पेसा भनेको बेस र पालो भनेको बल हो । फिनल्यान्डको राष्ट्रिय खेल भए पनि यसको लोकप्रियता युरोपेली मुलुक जर्मनी, स्विडेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया र क्यानडाको उत्तरी ओन्टारियोमा बढी छ । पछिल्लो समय एसियाली मुलुकमा समेत यो खेल लोकप्रिय बन्दै गएको छ ।

यो खेलमा डिफेन्स (ब्याटिङ) मा ९ र अफेन्स (फिल्डिङ) मा १२ सहित २१ खेलाडी सहभागी हुन्छन् । न्युनतम ४ वटा इनिङ्स हुन्छ । तीन अम्पायर हुन्छन् । पेसापालोको आधारभूत खेल प्रक्रिया बेसबलसँग मिल्दोजुल्दो हुन्छ । विपक्षीले फ्याँकेको बल ब्याटले प्रहार गरेर दगुर्दा स्कोर बन्छ ।

Facebook Comments