• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
७७ औं जिल्लाले बल्ल पायो जिल्ला अस्पताल, मुख्यमन्त्रीबाट उद्घाटन






नयाँ जिल्लाको मान्यता पाएको साढे दुई वर्षपछि जिल्ला अस्पताल उद्धघाटन
नयाँ जिल्लाको मान्यता पाएको साढे दुई वर्षपछि रुकुम (पूर्व) मा जिल्ला अस्पताल उद्धघाटन भएको छ । आज एक कार्यक्रका बिच प्रदेश नम्वर ५ का मुख्य मन्त्री शंकर पोखरेले रिवन काटेर अस्पतालाको उद्धघाटन गर्नभएको हो ।

जिल्ला अस्पताल उद्धघाटन भएसंगै जटिल प्रकृतीको रोगको उपचारको लागी रुकुम (पश्चिम), दाङ, नेपालगञ्ज, काठमान्डौ, चितवन जाने जिल्लाबासी बाध्यता अन्त्य भएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै ठाउँमा जिल्ला अस्पताल उद्धघाटन गरिएको छ । उद्धघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अव रुकुम पूर्वका स्थानीय स्वाथ्य सेवाबाट बन्चित नहुने बताउनुभयो ।


यो भन्दा पहिला जिल्ला बासी समान्य उपचारको लागि बाहिर जिल्लामा जाने गरेको बताउदै उहाँले अवका दिनमा जिल्लामा नै जटिल प्रकृतीको रोगको उपचार पाउने बताउनुभयो । जनताले स्वास्थ्य सेवा शुलव र सहज रुपमा लिन सकुन भनि सरकारले स्वास्थ्य बिमाको अवधारण ल्याएकोले अव स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य सेवामा शुलव र सहज रुपमा स्वास्थ्य सेवा पाउने उहाँले बताउनुभयो ।

जिल्लालाई अग्रानिक जिल्ला बनाएर स्थानीयको पोषणमा ख्याल गर्न जिल्लाका स्थानियतहहरुलाई आग्रह गर्नुभयो । स्थानीयरुपमा उत्पादित खाद्यलाई प्रबर्दन गर्दै गाउँमै फलेका तरकारी र गाउँमै उत्पादन गरेका अन्नबालीको प्रयोग गरि स्वस्थ रहन उहाँले जिल्ला बासीलाई आग्रह गर्नुभएको छ ।


जिल्ला अस्पतालको लागि आवश्यक पर्ने जग्गा गाउँपालिकाले उपलब्ध गराइसकेको छ । यसअघि स्वास्थ्यचौकीको नाममा १४ रोपनि जग्गा रहेको थियो । गाउँपालिकाले २१ रोपनि जग्गा दिएसगै ३५ रोपनि क्षेत्रफलमा अस्पतालका भौतिक पर्वाधार निर्माण गरिने छ ।

जिल्ला अस्पताल ५० शैयाको हुने प्रतिनिधिसभा सदस्य कमला रोकाले बताउनुभयो । संघिय र प्रदेश सरकारको संयुक्त पहल, लगानि र निर्णयमा अस्पताल बनेको उहाँको भनाइ छ । संघ र प्रदेश सरकारको पहलमा जिल्लामा अस्पतालको लागि आवश्यक अन्य भौतीक संरचना स्थापनाको लागि आवश्यक कामकाज लगत्तै सुरु हुने बताइएको छ ।

निरन्तरको प्रयासपछि रुकुम पूर्वमा जिल्ला अस्पताल स्थापना हुने भएको प्रतिनिधिसभा सदस्य रोकाको भनाई छ । गत पुसमा माघ २४ गते स्थापना भएको जिल्ला अस्पाताल लामो समय पति.छ आज उद्धघाटन भएको हो । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर ५ रहेको जिल्ला अस्पतालको स्थपना गरिएको थियो । जिल्ला अस्पतालमा तिन ओटा भवन रहेको छ ।

जिल्ला समन्वय समिति गजेन्द्रबहादुर ओलीको अध्यक्षतामा भएको अस्पता उद्धघाटन कार्यक्रममा मुख्यमन्त्री पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा पूर्व आपुर्ति मन्त्री गणेशमान पुन, प्रतिनिधिसभा सदस्य कमला रोका, प्रदेश सभा सदस्य तेजबहादुर ओली, लगायतको आतिथ्यता रहेको थियो ।।

Facebook Comments