• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा १६ मा चुनावी रौनक, विकास खोजौं, कम्युुनिष्ट रोजौंः आचार्य





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यले नेकपाको सरकारले मुलुक समृद्ध र विकास बनाउने तर्फ अग्रसर भइसकेकाले मुुलुुकको समृद्धि र विकासका लागि जनता नेकपालाई नै रोज्नुुपर्ने बताउनुुभयो ।


घोराही उपमहानगरपालिका वडा नं. १६मा नयाँ बस्तीमा बुधवार सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले भन्नुुभयो– ‘समृद्धि सम्भव छ हाम्रै पालामा । ’

नेकपाको सरकारले मुुलुकलाई समृद्ध बनाउन खोजिरहेकाले त्यसमा जनता पनि जागरुक हुुनुुपर्ने उहाँको भनाई थियो ।


नयाँ वस्ती टोल कमिटिका अध्यक्ष धनराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा दाङका सचिव एव निर्वाचन परिचालन समितिका संयोजक तुलसीराम पुुन (सुवास), जिल्ला समन्वय समिति दाङका प्रमुुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिका उपप्रमुुख सिता सिग्देल न्यौपाने लगायतकाले बोल्नुुभएको थियो ।

Facebook Comments