• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँडले नेताहरु हर्षित, एकता नयाँ उचाइँमाः प्रभाकर





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुइ अध्यक्षबीच जिम्मेवारी बाँडफाँडमा सहमति भएपछि वार्ताका लागि पहल गर्ने नेताहरुले खुशी व्यक्त गरेका छन् । ब

ुधवारको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पाँच बर्ष प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्ष बनाउने सहमति गरेको थियो ।

सो निर्णयगरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै एकतामा पहल गरेका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पुरानो समझदारी कार्यान्वायन भएको भन्दै यसले एकतालाई नयाँ उचाइमा पु¥याएको टिप्पणी गर्नुभएको छ ।


अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँडपछि यस्तो छ नेता शर्माको धारणाः

कम्युनिस्ट आन्दोलनलाई एकिकृत गर्ने नेपाली जनताको सपना पूरा गर्ने काममा हाम्रा नेताहरुको साहसिक निर्णयबाट नेकपा निर्माण भयो । उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पूरा गर्दैगर्दा मलाई धेरैले प्रश्न गरेका थिए– यस्तो मूर्खतापूर्ण कदम किन ? कसैले मेरो बारेमा अध्यक्ष प्रचण्डलाई चुक्ली गरे । कसैले अध्यक्ष केपीलाई फसाएको आरोप लगाए । मलाई थाहा थियो, दुइवटा नेताहरुको सम्पूर्ण वार्तामा म छु र सबै शब्द हेरेको छु, सुनेको छु।

मलाई मेरा आदरणीय दुबै नेताप्रति विश्वास थियो– शैली र बोलीमा आ–आफ्ना बिशेषता भए पनि आफ्नो वचनमा प्रतिबद्ध छन् । मेरो बिश्वासलाई आजको निर्णयले सावित गरेको छ । यसबाट अध्यक्ष केपी ओलीप्रति मेरो विश्वास थप बढेकोछ । यो बीचमा पार्टी भाँड्ने र फूटाउन चाहनेको तमाम खेलका म पूरै जानकार थिएँ र पार्टी एकता बचाउन मेरो एकजना मित्रसहित रातदिन लागि रहें ।

आज नेताहरुले सबै भ्रमहरु चिर्दै सहमति र समझदारी कार्यन्वायनको नयाँ उचाइमा ल्याउनुभएको छ। यसबाटबाट दुबै अध्यक्षहरुको बीचमा नयाँ विश्वास पैदा भएको मात्र छैन कि एकताले नयाँ उचाइँ हासिल गरेको छ । अध्यक्ष तथा सम्मानित प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको काँधमा आम जनताको जीवनमा खुशीयाली ल्याउन ।

अब समृद्ध नेपाल बनाउने अभियानलाई सफल पार्ने एक कार्यभार मात्र बाँकी छ। बलियो पार्टी र बलियो सरकार यसमा सफल हुनेछ । अध्यक्ष दुबैलाइ एकताको श्रेय युग–युगसम्म जनताले दिनेछन् ।

Facebook Comments