• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्येष्ठ नागरिकको स्पष्ट मत– जसले दिन्छ बृद्धभत्ता, उसैलाई हाम्रो भोट





राजनीतिक दलका नेता कार्यकर्ता मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । उनीहरुले त सकेसम्म मतदातालाई प्रभावित पार्न खोज्छन् नै, अब मतदाता पनि चलाख भइसकेका छन्, उनीहरुले पनि आफ्नो माग र शर्त अघि सार्ने गरेका छन् ।

चुनावमा क्रममा अधिकांश ज्येष्ठ नागरिकले बृद्धबृद्धा दिने पार्टीलाई नै भोट दिने बताएका छन् । घोराही उपमहानगरपालिका १६ को वडा अध्यक्ष निर्वाचनको चुनाव प्रचारका क्रममा भेटिएका अधिकांश ज्येष्ठ नागरिक मतदाताले यही कुरा दोहोर्याएका छन् ।

बयरबटुवामा भेटिएका ज्येष्ठ नागरिकहरुले आफूहरुको सहारा नै बृद्ध भत्ता भएकाले यो भत्ता दिने पार्टीलाई नै मत दिने बताएका छन् । यो वडामा नेकपाको उम्मेदवार चयन गर्दा केही विवाद देखिएपछि बागी उम्मेदवारी पनि परेको छ ।

बागी उम्मेदवार चौधरी रहेकाले चौधरी समुदायबाट उनलाई मत जाने हल्ला गरिए पनि अन्ततः चौधरी समुदायकै ज्येष्ठ नागरिकहरुले आफूहरु व्यक्तिका पछाडि नलाग्ने बताएका छन् । पार्टीको नेता भएर व्यक्तिलाई नेता मानेको उल्लेख गर्दै उनीहरुले बृद्ध भत्ता दिने पार्टी छाडेर कोही व्यक्तिका पछाडि नलाग्ने बताए ।


२०५१ सालको अल्पमतको सरकारका लागि तत्कालीन नेकपा एमालेले बृद्ध भत्ता शुरु गरेको थियो । अहिले नेकपाकै सरकारले बृद्धभत्ता ३ हजार बनाइदिए पनि नेकपाप्रति ज्येष्ठ नागरिक खुशी देखिन्छन् ।

उनीहरुले यो भत्तालाई पाँच हजार बनाउन पनि माग गरेका छन् । आफूहरुले बृद्धभत्ता दिने पार्टीलाई नहार्ने भन्दै पार्टीले पनि भत्ता बढाएर पाँच हजार बनाइदिनुपर्ने उनीहरुको माग छ ।

Facebook Comments