• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश नम्बर ५ का मुख्यमन्त्री पहिलोपटक रुकुमपूर्वमा




रुकुमपूर्व, ४ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल आज बिहान पुथा उत्तरगंगा गाउँपालिका आउनु भएको छ । पुथासँगै सिस्ने गाउँपालिका रुकुमकोट, भूमे गाउँपालिकाको खाबाङ बगरमा पनि विभिन्न आयोजित कार्यक्रममा उपस्थिती हुनेहुने भएको हो ।

आज बिहान साढे ९ बजे हलिकप्टरबाट पुथा-१० तकसेरामा आउनु भएको हो । तकसेरामा गाउँपालिकाको सभाहल उद्घाटनसँगै जनभेलालाई सम्बोधन गर्नुभएको छ । पुथाले विभिन्न विकास निर्माण तथा पर्यटकीय स्थलका विकास बिस्तारका लागि बजेटको व्यवस्था गरिदिनु हुनुको लागि गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले माग पेश गर्नु भएको छ ।

रुकुमपूर्व एक हिमाली जिल्ला भएकोले प्रदेश सरकारले पर्यटकीय गन्तव्य बनाउन विशेष ध्यानमा राखी योजना प्रदेश सरकारले बनाइ रहेको मुख्यमन्त्री पोखरेलले भनाइ राख्नुभयो । त्यस लगायत माग पेश भएका योजनालाइ छनोट गरेर विकासलाइ बिस्तार गरिने उहाँले प्रतिवद्दता व्यक्त गर्नु भयो । प्रदेशको एक मात्र कान्छो र हिमाली जिल्ला भएकोमा आफैमा गौरव रहेको बताउनुभयो । प्रदेश सरकारले योजनाका पहिचान गरेर अगाडि बढेको छ, उहाँले भन्नुभयो- मिसन आधारित कृषि, पशुपालन लगायत कार्यक्रम लिएर पेशा र जीवनशैलीलाई आधुनिकरण तर्फ विकासमा अग्रसर रहेको छ ।

दोरपाटन सिकार आरक्ष क्षेत्रलाइ व्यवस्थित गरि यहाँको आयस्रोत हुने खालको विकास गर्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो । मगर बस्तीलाई सबैको गन्तव्य गर्नुका लागि एक होमस्टे व्यवसाय महत्वपर्ण रहेकोले यस्ता जनजीवनलाइ उकास्ने योजनामा पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाउनुभयो । उत्तरगंगा जलविद्युत आयोजना यहाँका समजदारीमा मात्र योजना निर्माण हुनेछ ।

उहाँसँगै प्रतिनिधि सभाका सदस्य कमला रोका, पूर्व मन्त्री गणेशमान पुन, दलजित श्रिपाली त्यसैगरी पहिलो संविधान सभाका सदस्य जुनकुमारी रोका, प्रदेश सभाका सदस्य तेजबहादुर ओली, प्रदेश ५ का भौतिक पुर्वाधार विकास समितिका संयोजक आशा स्वर्णकार लगायत नेकपाका केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको छ ।

यसलगतै मध्यान १२ बजे पुथा-१ को पुथा हिमालय माविको संवरण महोत्सव उद्घाटन गर्नुहुने नेपाल कम्युनिस्ट पार्टीका पुथा उत्तरगंगा गाउँपालिकाका इन्चार्ज भिउमान घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसारका अनुसार रुकुमकोटमा अपरान्ह ४ बजे पत्रकार सम्मेलनमा भागलिनुहुनेछ ।

भन्नुभयो- ५ गते रुकुमकोटमै जिल्ला अस्पताल र सिस्ने गाउँपालिकाको सभाहल उद्घाटन गर्नुका साथै जनभेटघाट पनि गर्नु हुने कार्यक्रम तय गरिएको रहेको छ ।

सानीभेरी नदि करिडोर निर्माण गर्नु पर्दछ, उत्तरगंगा जलविद्युत उत्पादन जलशायको बहाव तर्फनै विद्युत उत्पादन हुने पर्नेमा पूर्वमन्त्री एवम नेकपाका नेता गणेशमान पुनले जोडिदिनुभएको छ ।

Facebook Comments