• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्री पहिलोपटक रुकुमपूर्व जाँदै, चार दिने कार्यक्रमको ब्यापक तयारी




प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल भोलि पुथा उत्तरगंगा गाउँपालिका आउने हुने भएको छ ।

पुथासँगै सिस्ने गाउँपालिका रुकुमकोट, भूमे गाउँपालिकाको खाबाङ बगरमा पनि विभिन्न आयोजित कार्यक्रममा उपस्थिती हुनेहुने भएको हो ।

भोलि बिहान १० बजे पुथा-११ तकसेरामा गाउँपालिकाको सभाहल उद्घाटनसँगै जनभेलालाई सम्बोधन गर्नुहुने छ । त्यसलगतै मध्यान १२ बजे पुथा-१ को पुथा हिमालय माविको संवरण महोत्सव उद्घाटन गर्नुहुने नेपाल कम्युनिस्ट पार्टीका पुथा उत्तरगंगा गाउँपालिकाका इन्चार्ज भिउमान घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि नै रुकुमकोटमा अपरान्ह ४ बजे पत्रकार सम्मेलनमा भागलिनुहुनेछ उहाँले भन्नुभयो- ५ गते रुकुमकोटमै जिल्ला अस्पताल र सिस्ने गाउँपालिकाको सभाहल उद्घाटन गर्नुका साथै जनभेटघाट पनि गर्नु हुने कार्यक्रम तय गरिएको रहेको छ ।

६ गते बिहान ८ बजे भूमे गाउँपालिकाको कार्यालय खाबाङ बगरमा जिल्लाका जनप्रतिनिधिसँग अन्तरकृया कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री पोखरेल नेकपा प्रदेश ५ को इन्चार्ज समेत रहनु भएकोले अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिनुहुने नेकपा रुकुमपूर्वले जनाएको छ । उहाँको कार्यक्रमका लागि व्यवस्थापन सबै पूरा भइसकेको इन्चार्ज घर्तीले जानकारी दिनुभयो ।

Facebook Comments