• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
केसीलाई जिताउन १२१ सदस्यीय युवा समिति, अध्यक्षमा मनोज डाँगी





यही मंसिर १४ गते घोराही उपमहानगरपालिका वडा नं. १६मा हुन लागिरहेको उपनिर्वाचनमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुुरेश बहादुुर केसी (प्रताप)लाई बिजयी बनाउन युुवाहरुको भेला मंगलावार सम्पन्न भएको छ ।

निर्वाचन युवा परिचालन समितिका संयोजक मिलन डाँगीको अध्यक्षता तथा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।


भेलालाई सम्बोधन गर्दै प्रमुुख अतिथि आचार्यले युुवाहरु परिवर्तनको संवाहक रहेकाले युवाहरु जनताको पक्षमा सधैव उभिनुुपर्ने बताउनुुभयो । जनताको सेवाका लागि सुुरेश बहादुुर केसीलाई बिजयी बनाउन युवाहरु जागरुक हुुनुुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ लगायतकाले बोल्नुुभएको थियो ।


भेलाले घोराही उपहानगरपालिका वडा नं. १६ उपनिर्वाचनलाई नेकपालाई बिजयी बनाउन मनोज डाँगीको अध्यक्ष एकसय २१ सदस्यीय घोराही उपहानगरपालिका वडा नंं १६स्तरीय युवा निर्वाचन परिचालन समिति गठन गरेको छ भन्ने वडाको ३७ वठा टोल विकास संस्थामा निर्वाचन युवा परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

Facebook Comments