• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही १६ मा गति लिंदै नेकपा, चुनाव प्रचार तीब्र





केही समय उम्मेदवार विवादका कारण समस्या देखिएको घोराही १६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पछिल्लो समय भने गति लिन थालेको छ ।

यो वडामा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा नेकपाबीच विवाद देखिएको थियो । लामो बहसपछि पार्टीले युवा नेता सुरेशबहादुर केसी ‘प्रताप’लाई अघि सारेपछि जगलाल चौधरीले बागी उम्मेवारी दिनुभएको थियो ।

चौधरीले केही दिन आफू नेकपाको स्वतन्त्र उम्मेदवार भएको दाबी गरे पनि पार्टी जिल्लाले उहाँलाई साधारण सदस्यसमेत नहरने गरी कारवाही गरेपछि उहाँको समर्थनमा देखिएका केही पार्टी सदस्यहरुले पनि समर्थन फिर्ता लिएको जिल्ला सचिव एवं निर्वाचन परिचालन समिति संयोजक तुलसीराम पु ‘सुवास’ले जानकारी दिनुभयो ।

‘केही दिन थोरै साथीहरुलाई अन्योल देखिएको थियो तर पार्टीले जगलाललाई कारवाही गरेपछि अब सबै साथीहरु आधिकारिक उम्मेदवारको पक्षमा खटिनुभएको छ, चुनाव जित्ने अब निश्चित भइसकेको छ’– उहाँले भन्नुभयो ।

केही समय अलमलमा रहेका कार्यवाहक वडा अध्यक्ष जगत श्रेष्ठसहित सबै वडा सदस्यहरु र पार्टीका सबै सदस्य आधिकारिक उम्मेदवारको पक्षमा लागेपछि चुनावी माहोल फेरिएको स्थानीयहरुले बताएका छन् ।

Facebook Comments