• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुपन्देही पुगेर प्रचण्डले भने– प्रदेश राजधानी नयाँ ठाउँमा हुन्छ, धेरै आशा नगर्नुहोस्




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा हुनु उपयुक्त देखिएकाले रुपन्देहीले धेरै आशा नगर्दा राम्रो हुने बताउनुभएको छ ।

भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले आफूले सबै क्षेत्रको धारणा सुने पनि जहाँ गयो त्यही राजधानी हुनुपर्छ भनेर कतै नभनेको पनि स्पष्ट गर्नुभयो । ‘राजधानीका लागि सहयोग गर्ने कुरा छँदैछ। राजधानीबारेमा पक्कै पनि विभिन्न जिज्ञासा छन्। मानिसहरुबीचमा अनेक प्रश्न छन्’– उहाँले भन्नुभयो– ‘बाँके बर्दिया, नेपालगञ्जको एउटा भावाना छ, त्यहीसँग मिल्दोजुल्दो दाङमा अर्को भावना छ । रुपन्देही र लुम्बिनीमा अर्को भावना छ। राजधानी सबैलाई लाभ हुने गरी निर्धारित गर्नुपर्छ।’

अध्यक्ष प्रचण्डले सबैलाई सबैभन्दा बढी सुविधा जहाँ हुन्छ, त्यहीँ राजधानी तोक्नुपर्ने पनि बताउनुभयो । ‘पूर्वाधार भएकै ठाउँमा राजधानी हुनुपर्छ भन्ने छैन। नयाँ सहर बनाएर पनि राजधानी बनाउन सकिन्छ’– उहाँले भन्नुभयो ।

Facebook Comments