• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपकूलपति भण्डारीले राजीनामा नदिएपछि आन्दोलन घोषणा




उपकूलपति डा. संगीता भण्डारीको राजीनामा लागि २४ घण्टे अल्टिमेटम दिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले तोकिएको समयमा राजीनामा नआएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अभियानले आज मंगलवार उपकुलपति भण्डारीलाई बर्खास्त गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीको कार्यालय, संघीय सभामुखको कार्यालय, संघीय स्वास्थ्यमन्त्रीको कार्यालय र ५ नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालय समक्ष ज्ञापन पत्र पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै बुधवार जिल्लामा क्रियाशिल स्वास्थ्यसँगै संघसंस्थासाग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्याका विषयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा दिँउसो १२ बजे छलफल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भदौ १२ गते बिहीवार जिल्लाका सम्पूर्ण पक्षसँग सर्वदलीय सर्वपक्षीय छलफल कार्यक्रम पत्रकार महासंघको भवनमा दिउँसो १२ बजे आयोजना गर्ने निर्णय गरेको संयोजक विकिरण गौतमले विज्ञप्तिमार्फत जानकार गराउनुभएको छ । १२ गतेसम्म पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्बन्धित समस्या समाधान नभए भदौ १३ गते दोस्रो चरणका कडा संघर्षका कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

राजीनामा लागि अल्टिमेटम दिए पनि भण्डारीले उल्टै प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प पार्ने गरी अधिकांश चिकित्सकलाई अवकाश दिएको भन्दै विज्ञप्तिमा थपिएको छ– ‘उपकुलपतिको यो गैरजिम्मेवार निर्णयसंगै प्रतिष्ठान चिकित्सकविहिन भएर सामान्य हेल्थ पोष्टका रुपमा परिणत भएको छ । प्रतिष्ठानको यो निर्णयसंगै अब यहाँका नागरिकले प्रतिष्ठानबाट स्वास्थ्य सेवा पाउने सम्भावना पूर्ण रुपमा अन्त्य भएको छ ।’

अभियानले अन्य संघसंस्थासंग सहकार्य गरी अघि बढने निर्णय गरेको छ । साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरी संस्थागतरुपमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

संसदमा पनि राजीनमा माग
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्नुपर्ने माग संसदमा उठेको छ । दाङ १ का सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिग्रिन थालेको भन्दै उनलाई पदबाट हटाउन माग गर्नुभएको हो ।

सोमबार उहाँले संसदमा भन्नुभयो– ‘डा. संगिता भण्डारी रहँदासम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि सुधार आउन नसक्ने भएकोले तुरुन्तै अपदस्थ गरी दाङको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि अर्को भीसी नियुक्त गरी पठाउनका लागि सम्माननीय सभामुखमार्फत् सम्बन्धित मन्त्रालयको ध्यानाकर्षित गर्न चाहान्छु ।’ भण्डारीले कर्मचारी र डाक्टरहरुलाई राजीनामा दिन बाध्य पारेको, अदालतको आदेशविपरित शुल्क बढाएको र भ्रष्टाचार गरेको आरोप चौधरीको आरोप छ ।

Facebook Comments