• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षक संगठनको बैठकः दरबन्दी मिलानमा पहल गर्ने निर्णय




एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष हुमबहादुर बुढाथोकीको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।

बैठकले संगठनको सबै स्थानीय तहमा स्थानीय परिषद सम्पन्न लगायत सांगठनिक जिम्मेवारीका लागि इञ्चार्ज तोकेको छ । त्यस्तै शिक्षक सेवा आयोग आयोगको स्थायी पोष्टिङबाट बिस्तापित हुने शिक्षकहरुलाई पार्टीको जिल्ला शिक्षा बिभागमार्फत स्थानीय तहमा स्थापित गर्न पहल गर्ने निर्णय भएको सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लागत तथा स्थानीय तहगत दरबन्दी मिलानमार्फत शैक्षिक सुधारमा पहल गर्ने र शैक्षिक समृद्धि तथा पेशागत क्षमता अभिबृद्दिका लागि जिल्ला तथा स्थानीय तहमा संगठनको पहलमा शैक्षिक अन्तरक्रिया तालिम चलाउने निर्णय पनि बैठकले गरेको छ ।

संगठनका केस मोहनलाल वलीको स्वास्थ्य उपचारका लागि तीव्रताका साथ आर्थिक संकलन गर्ने,सदस्यता नविकरण, संगठन बिस्तारका नियमित कार्यक्रम घनीभुत ढंगबाट अघि बढाउने र जिल्ला समन्वय इकाई ,कुनै गापा, नपा र उमनपामा शिक्षा सम्बन्धि भएका काम कार्य र केही पत्रपत्रिकामा आएको तथ्यहिन समाचारप्रति आपत्ति जनाउने निर्णय गरिएको बैठकपछि सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा बिशिष्ट अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव निमबहादुर केसी, नेकपाका जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’, शिक्षा विभाग प्रमुख अरुणकुमार शर्मा, केन्द्रीय सल्लाहकार मष्तबहादुर श्रेष्ठ, प्रदेश अध्यक्ष मदनकुमार शर्मालगायतले बोल्नुभएको थियो ।

Facebook Comments