• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको राजीनामा माग, यस्ता छन् राजीनामा माग्नुका तथ्य




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले प्रतिष्ठानकी उपकूलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ ।

अभियानले ज्ञापनपत्र बुझाउँदै राजीनामा दिन माग गरेको हो । अभियान टोली ज्ञापनपत्र बुझाउन जाँदा उपकूलपति नभेटिएको भन्दै संयोजक विकिरण गौतमले प्रतिष्ठानका रजिष्ट्रारमार्फत ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।
यस्तो छ ज्ञापनपत्र
श्री उपकुलपति डा. संगिता भण्डारी ज्यु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
घोराही, दाङ

विषय : राजिनामा दिनु हुन
राप्ती उपक्षेत्रिय अस्पताल राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती हुँदा सबैको अपेक्षा थियो — अब राप्तीबासीले थप गुणस्तरीय, सर्वसुलभ स्वास्थ्य सेवा पाउनेछन् । दाङबाट नै डाक्टरहरु उत्पादन हुनेछन् । यहाँका नागरिकले पढनका लागि दुरदराज पुग्नुपर्नेछैन । समग्रमा यो प्रतिष्ठान दङ्गालीका लागि मात्र नभई आसपासका जिल्लाका लागि पनि अमुल्य सम्पतीका रुपमा स्थापित हुने सबैको विश्वास थियो । तर प्रतिष्ठान स्थापना भएको दुई वर्ष बितिसक्दा त्यसको उल्टो भईरहेको छ । स्वास्थ्य सेवा उपक्षेत्रिय अस्पताल भन्दा खस्किएको छ ।

एमबीबीएस पढाइ गर्नका लागि सामान्य प्रक्रिया समेत शुरु भएको छैन् । प्रतिष्ठानका उपकुलपति स्वयं सरोकारवाला निकाय संग समन्वय कायम गर्ने, प्रतिष्ठानलाई थप व्यवस्थित गर्न भन्दा सबै संग विवाद गरेर जुहारी खेल्नमै व्यस्त भएको जगजाहेर छ । आन्तरिक रुपमा सुशासन कमजोर भएको छ । पारदर्शिताका लागि सामान्य प्रक्रिया पनि चालिएका छैनन् । यिनै समस्यालाई मध्यनजर गरेर तीन पटक केन्द्रबाट नै छानविन समिति गठन भई प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्न सिफारिस समेत गरिएको छ । पछिल्लो समय प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सामुहिक राजिनामा दिएसंगै प्रतिष्ठानको आन्तरिक पक्ष कति कमजोर भएको रहेछ भन्ने कुराको पुष्टि हुन्छ । दुई वर्षको अवधिमा प्रतिष्ठानमा देखिएको व्यापक अनियमितताले अझै पनि यही नेतृत्व रहिरहे यसले प्रतिष्ठानको गरिमा र प्राज्ञिक मर्यादालाई कायम राख्न सक्छ भन्ने विश्वास गर्न सकिने ठाँउ रहेन । यही कुरालाई मध्यनजर गर्दै ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं’ अभियानको शुरुवात गरिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरु स्वतन्त्र रुपमा सर्वपक्षिय छलफल गरी गठन गरिएको यो अभियानले प्रतिष्ठान भित्र झाँगिएको सम्पूर्ण विकृति, अनियमितता, अपारदर्शिता, विवाद, द्वन्द्ध र अवनतीको जड उपकुलपति संगीता भण्डारीनै भएको निष्कर्ष निकालेको छ । तसर्थ तपाईले २४ घण्टा भित्र राजिनामा दिई प्रतिष्ठानको विकासका लागि मार्गप्रशस्त गरिदिन अनुरोध छ । यदि यहाँको सहज बहिर्गमन नभए तपाई विरुद्ध जनताको साथ लिई कडा आन्दोलन गर्न प्रतिष्ठान बचाउ अभियान बाध्य हुने जानकारी गराउँदछौं ।

तपाईले राजिनामा दिनुपर्ने कारणहरु
१) आधारभुत स्वास्थ्य
संविधानको धारा ३५ ले प्रदान गरेको स्वास्थ्य सम्बन्धि मौलिक हकको विरुद्ध हुने गरी निम्न सेवा कटौती गरिएकोले ।

क. अन्य निजी मेडिकल कलेज र राप्ती उपक्षेत्रिय अस्पतालले समेत प्रदान गर्दै आएको निशुल्क प्रसुति सेवा राज्यद्वारा सञ्चालित प्रतिष्ठानमा कटौति गरिएको छ । यसले संविधानको धारा ३८ ले सम्पूर्ण महिलालाई प्रदान गरेको सुरक्षित मातृत्व, प्रजनन र स्वास्थ्य सम्बन्धि हक माथि गम्भिर कुठाराघात गरी सरकारद्वारा प्रदान गरिएको निशुल्क सुत्केरी सेवा एवं भत्ता कटौती गरिएकोले ।

ख. यस क्षेत्रका विशेष गरी आदिवासी थारु समुदायमा देखिएको विशेष प्रकारको रोग सिकलसेल एनिमिया रोकथाम गर्न राज्यले राप्ती उपक्षेत्रीय अस्पताल मार्फत प्रदान गर्दै आएको निशुल्क स्वास्थ्य उपचारको सुबिधा कटौती गरेर उपकुलपतिले आफुलाई सिंगो थारु समुदायको विरुद्घ उभ्याएकोले ।

ग. कुपोषणले ग्रस्त बालबालिकाका लागि राज्यद्वारा संचालित पोषण पुनस्र्थापना केन्द्र बन्द गर्ने स्वेच्छाचारी निर्णयले संविधानको धारा ४३ ले प्रदान गरेको सामाजिक सुरक्षाको हक र धारा ३९ को उपधारा २ ले बालबालिकालाई प्रदान गरेको परिवार र राज्यबाट पालनपोषण पाउने हकको समेत हनन् गरेकोले ।

घ. संविधानको धारा ३५ (१) मा रहेको आधारभुत स्वास्थ्य सेवा निशुल्क पाउनुपर्ने हकलाई सुनिश्चित गर्नुको साटो हरेक क्षेत्रमा चर्को मुल्य कायम गरी स्वास्थ्यसेवालाई गरिब, विपन्न तथा पछाडी पारिएका समुदायको पहँुच बाहिर पु¥याएकाले
ङ. स्वास्थ्य क्षेत्रमा गरिएको शुल्क वृद्धि नगर्न सम्मानित अदालतले दिएको आदेशलाई अपहेलना गरि कानुनी राज्यको उपहास गरेकाले

२) प्रशासनिक अनियमितता
क. राप्ती उपक्षेत्रिय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भईसकेपछि अस्पताल अन्तर्गतका कर्मचारीलाई समायोजन गर्नुको साटो निष्काशन गर्ने कुत्सित मनसाय राखी कार्य गरेकाले

ख. अनावश्यक ढङ्गले करारमा चिकित्सक तथा कर्मचारी राख्ने र करारको अवधि पुरा नहुँदै आफुखुशी निष्काशन गर्ने गरेकोले ।

ग. स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफु मातहतका पदाधिकारीहरुलाई ऐनले तोकेको अधिकार प्रत्यायोजन नगरी आफुखुशी निर्णय गर्ने तथा राजिनामा दिन बाध्य गराएकाले

घ. संसदीय छानविन समितिले औंल्याएका सुधारका क्षेत्रहरुको बेवास्ता गरी आफुखुशी निर्णय गरि संसदको गरिमामाथि आँच पु¥याउने काम गरेकाले

ङ. आवश्यक संख्यामा विशेषज्ञ चिकित्सक तथा दक्ष प्राविधिक ल्याई सेवा सुचारु गर्नुको साटो भएका दक्ष चिकित्सक तथा प्राविधिकलाई सहज वातावरणमा काम गर्न व्यवधान खडा गरेकाले

च. समन्वय गर्नुपर्ने सरकारी निकाय तथा अन्य सरोकारवालासंग समन्वय र सहकार्यबाट आर्थिक तथा मानविय स्रोत र सहयोग जुटाउन असक्षम भएकाले

झ. भर्खरै बामे सर्न लागेको प्रतिष्ठानमा काम गर्ने चिकित्सक तथा कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो मनोबल खस्काउने, राजिनामा दिन बाध्य गराउने काम गरी पछिल्लोपटक स्वास्थ्य सेवा नै ठप्प हुने गरी प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सकलाई राजिनामा दिन बाध्य गराएकाले

ञ. प्रतिष्ठानको विकासका लागि दैनिक रुपमा खटिनुपर्नेमा प्राय समय काठमाण्डौमा बिताएर प्रतिष्ठानलाई तहसनहस बनाएकाले

ट. आर्थिक पारदर्शीता कायम नगरी निम्न गुणस्तरका उपकरण तथा औजारहरु खरिद गर्ने र त्यसको विरोध गर्ने कर्मचारीलाई निष्काशन गर्ने तथा अस्पतालको गुणस्तरियतालाई कमजोर बनाएकाले

ठ. सार्वजनिक निकायले पारदर्शिताका लागि दिनुपर्ने सुचना लुकाई प्रतिष्ठानलाई अपारदर्शी ढङ्गले सञ्चालन गरी सुशासन कायम गर्न नसकेकाले

प्राज्ञिक तर्फ

क. आफु नियुक्त भएको दुई वर्षसम्म पनि स्वास्थ्य तथा चिकित्सा शिक्षा सेवासंँग सम्बन्धित कुनै पनि तहको पठनपाठन सञ्चालन गर्न चासो नदेखाएकाले

ख. प्रतिष्ठानको ऐनले व्यवस्था गरेका अत्यावश्यक संरचनाहरु कार्यकारी परिषद, सेवा आयोग, विद्या परिषद, संकाय, अनुसन्धान केन्द्र आदि गठन गर्न पहल नगरी प्रतिष्ठानलाई तदर्थवादी ढङ्गले सञ्चालन गरेकोले

ग. प्रतिष्ठानको कार्यक्रमलाई राष्ट्रिय अन्तराष्ट्रिय मान्यता प्रदान गर्न स्वास्थ्य संग सम्बन्धित स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तराष्ट्रिय संघ संस्था संग सम्बन्ध स्थापना र विस्तार गर्न नसकेकाले

घ. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनको ऐनको दफा ६ ले तोके बमोजिम गुणस्तरिय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुको साटो साबिकको अस्पतालले उपलब्ध गराउदै आएका स्वास्थ्य सेवा समेत बन्द गराएकाले

विकिरण गौतम
संयोजक
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान

Facebook Comments