• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवाविहीन: दश चिकित्सकको राजीनामा स्वीकृत




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सकको अभावमा उपचार सेवा ठप्प छ ।

आफूहरुमाथि दमन भएको भन्दै राजीनामा दिएका प्रतिष्ठानका १० जना चिकित्सकको राजीनामा प्रतिष्ठानले स्वीकृत गरेपछि झन समस्या देखिएको हो ।

यसअघिदेखि नै सरकारी चिकित्सकहरुसँग टसल परिरहेको बेला प्रतिष्ठान आफैले नियुक्त गरेका चिकित्सकले समेत राजीनामा दिएपछि प्रतिष्ठान चिकित्सकविहीन भएको हो ।

प्रतिष्ठानका चिकित्सकको आन्दोलनप्रति समर्थन गर्न भन्दै सरकारी चिकित्सक काममा फर्केका छैनन् । जसले गर्दा आइतवार ओपीडीका उपचार कक्ष खाली थिए ।

नाक कान घाँटीको उपचार कक्षमा छिरेर केहीबेर उपकूलपति डा. संगीता भण्डारीले उपचार गर्नुभएको थियो भने डा. बसन्त लामिछानेबाहेक अरु कोही काममा आएनन् ।

दिउँसो चिकित्सकहरुको राजीनामा स्वीकृत भएपछि प्रतिष्ठानको सेवा थप अन्योलमा परेको छ ।

Facebook Comments