• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ जिल्लामा नयाँ प्रयोगः विद्युत उत्पादनमा जुट्दै स्थानीय तह




जिल्लाको भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले एक/एक मेघावाट क्षमताका जल विद्युत् उत्पादन गर्दै छन् । पुथामा वडा नम्बर ११ सेरामा एक मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिदै छ भने भूमेमा वडा नम्बर ६ र ८ मा पर्ने थबाङखोला नाम दिइएको दोमई भन्ने ठाउँमा आयोजना निर्माण हुने भएको हो ।

जसको लागि पुथाले टेन्डर आह्वान गर्ने तयारमा छ भने भूमेमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने काम बाँकी रहेको छ ।

जिल्लामा अन्य साना क्षमताका विद्युत् आयोजनाहरु धेरै भएपनि रुकुमगाडखोलामा निर्माण हुन थालेको ५ मेघावाट पछिको यी आयोजना दोस्रो ठूला क्षमताका हुन् ।

थाले एशियाली विकास बैंकसँगको संयुक्त लगानीमा उत्पादन गर्ने बताइएको छ । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी भैसकेको र तत्कालै टेन्डर आह्वान गर्ने तयारीमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताउनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाको पाँच करोड रुपियाँ र एशियाली विकास बैंकको २८ करोड रुपियाँ गरी कूल ३३ करोड रुपियाँ लागतमा उक्त आयोजना निर्माण हुने अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

त्यसैगरी भूमेमा एक मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत आर्थिक वर्षमा गाउँपालिका भित्र पर्ने लुकुम र थबाङ खोलामा पूर्वसम्भाव्यता अध्ययन गरिएकोमा थबाङ खोलामा विस्तृत परियोजना प्रतिवेदन तयार गरी विद्युत् उत्पादन गर्ने गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

‘दुई खोलामा पूर्वसम्भाव्यता अध्ययन गर्दा थबाङखोलामा विद्युत् उत्पादन हुने भएको छ’– अध्यक्ष बुढाले भन्नुभयो, ‘लुकुम खोलामा उत्पादन हुने राम्रो देखिए पनि अहिले ४ वटा लघु जलविद्युत् सञ्चालनमा रहेका त्यी विद्युत्लाई असर पार्ने देखिएपछि थबाङखोलामा उत्पादन गरिने भएको छ ।’

गत आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन गर्दा लुकम र थबाङखोलामा पाँच/पाँच लाख रुपियाँ खर्च लागेको छ ।

आयआर्जन योजनाका लागि गाउँपालिकाले संघ र प्रदेशको राजस्व बाँडफाँड र आन्तरिक राजस्व प्राप्त भएको कूल राजस्वको १० प्रतिशतको ऋण ल्याउन पाउँने प्रावधान अनुसार ८५ लाख ऋण ल्याउने र गाउँपालिकाको ८९ लाख गरी आलू आर्थिक वर्षमा जम्मा एक करोड ७४ लाख रुपियाँमा कामलाई अगाडि बढाउने अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

एक/एक मेघावाट क्षमताको विद्युत् उत्पादन भएमा आफ्ना गाउँपालिका भरीमा उज्यालो बनाएर बाहिर निर्यात गरी गाउँपालिकाको आम्दानी गराउने मुख्य उद्देश्य रहेको छ ।

अहिले दुबै गाउँपालिकामा सामान्य बत्ती बाल्न भइराखेको र कुनै ठाउँमा पुर्याउने तरखरमा रहेको गाउँपालिकाले जनाएका छन् । अब यी आयोजनाबाट एक मेगावाट विद्युत् उत्पादन भएमा सबै साना आयोजनाहरु समेतको ग्रिड कनेक्सन गरेर बाहिर निर्यात गर्ने बताएका छन् ।

Facebook Comments