साझा पार्टीका संयोजकमा मधुसूदन केसी चयन हुनुभएको छ ।
तुलसीपुरमा भएको भेलाबाट उहाँ संयोजक चयन हुनुभएको हो । केसी विगत लामो सयमदेखि शिक्षण पेशामा कृयाशील हुनहुुन्छ ।
त्यस्तै दाङका पालिकास्तरीयसंयोजक चयन गरिएको छ ।
जसअन्तर्गत तुलसीपुरमा केपी न्यौपाने, शान्तिनगरमा रूद्रमणि लामीछाने, दंगीशरणामा बालुराम चौधरी, बबइ गाउँपालिकामा प्रदीप वली, घोराहीमा खगेश्वर पौडेल, राजपुरमा धर्मराज डाँगी र लमहीमा बाबुराम कुमाल संयोजक चयन हुनुभएको छ ।
गढवा र बंगलाचुली भने खाली रहेको छ । केन्द्रीय संयोजक रविन्द्र मिश्रको उपस्थितिमा भेला भएको हो ।
भेलामा बाँके, बर्दीया, अर्घखाँची, कपिलवस्तु, रुपन्देही जिल्लाको पनि संयोजक घोषणा गरिएको साझा पार्टी दाङका संयोजक केसीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।