• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीजलाई समानताको पर्व बनाउनुपर्नेमा जोड




तीलाई महिला अधिकार र समानताको पर्बको रुपमा मान्नुपर्ने बिकृती र बिसङगतिको अन्त्य गर्नुपर्ने घोराहीमा आयोतित एक कार्यक्रममा जोड दिइएको छ ।

अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितिको आयोजनामा राष्ट्रिय जनमोर्चा पार्टी कार्यालय घोराहीमा भएको तिज मिलन कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ले अहिले तिज मनाउने नाममा आभुसण प्रदर्शनीको बिकृती बढेकोले त्यसको अन्त्य हुनुपर्ने र यो पर्वलाई महिला अधिकार र समानताको पर्बको रुपमा मनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा राजमो नगर अध्यक्ष हरि खरेल, अखिल नेपाल ट्रेड युनियन महासंघका घोराही नगर अध्यक्ष भिम कान्त पन्थी, अखिल नेपाल किसान संघ घोराही नगर सचिब मनिराम खनाल लगायतले बोल्नुभएको थियो ।

अखिल नेपाल महिला संघ घोराही उपमहानगर समिति अध्यक्ष शारदा थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सल्लाहकार सत्यदेबि रेग्मीले र संचालन नगर सदस्य हिरा खनालले गर्नुभएको थियोे ।

Facebook Comments