• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमेली एकताको तीन मिलनः ज्येष्ठ नागरिकलाई पनि सम्मान




रुकुमेली एकता समाज दाङले शनिवार तीज मिलन कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष लीलाधर खड्काको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका शाखा अधिकृत प्रतला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

समाजका सल्लाहकार भीउसन गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बिमल खड्का, गणेश ओली, टीकाराम शर्मालागयतले बोल्नुभएको थियो । कार्यक्रममा समाज सदस्यका छोराछोरीमध्येबाट एसइइमा प्रथमहुने मुना बुढा मगर, द्धितीय हुने सरोज बिसी र तृतीय हुने सुवास पुरीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै ज्येष्ठ नागरिक १ सय ४ बर्षीय देवबहादुर मल्ल, ८६ बर्षीय गञ्जबहादुर बुढा, ८५ बर्षीया छलीकुमारी श्रेष्ठ, ८० बर्षीया बेलमति खड्का, ७६ बर्षीया जमुना श्रेष्ठ, ७५ बर्षीय बाबुलाम जैशी, ७५ बर्षीय जसबीर ओली र एकल महिला काली बिसीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालन समाजका सचिव उर्मिला डाँगीले गर्नुभएको थियो ।

Facebook Comments