• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णष्टमीको अवसरमा देवस्थलमा मेला




पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रहेको श्री कृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी अवसरमा मेला लागेछ ।

सधैका वर्ष जस्तै यस वर्षमा पनि विभिन्न ठाउँहरुबाट बिहान देखि नै व्रत बसेर स्रदालु भक्तजनको यस मन्दिरमा पुजापाठ गर्न बिहानै देखि दिनभरि घुइँचो लागेको छ ।

यस श्रीकृष्ण मन्दिरमा पुजापाठ गर्नेको लागि बनगाड कुपिण्डे नगरपालिका , सुर्खेतको सिम्तागाउपालिका , जाजरकोट लगाए मानिसहरू आएर पुजापाठ गर्ने गर्दछन ।

पहिलेको वर्ष भन्दा अहिले विस्तारै मेला हेर्न आउने मान्छेहरु कम हुँदै जादा मेलाको रौनक अलि फरक भएको पाइन्छ ।

मेलाको अवसरमा श्री जनकल्याण युवा क्लब सल्लीबजारले फुटबल खेलको आयोजना गरेको छ ।

खेल उद्घाटन उद्घाटन कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री लगाए अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त खेल बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको थियो ।

खेल उद्घाटन कार्यक्रममा बोल्दै मेयर पुनले अब फुटबल खेल यसरी नगरपालिका सबै वडामा खेल मैदानको व्यवस्था गर्न आफुले सक्दो पहल गर्ने बताउनु भएको छ ।

फुटबलमा प्रथम र द्धितिय हुने खेलाडीलाइ क्रमश ५० हजार र ३० हजार, मेडल, कप, र प्रमाणपत्र सहित पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष सन्देश यरिले जानकारी दिएका छन ।

जम्मा १८ वटा टिमले खेलमा भाग लिएका छन ।

Facebook Comments