• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १७ मा नेकपाको सपथ तथा प्रशिक्षण




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही १७ को सपथग्रहण तथा प्रशिक्षण शुक्रवार सम्पन्न भएको छ ।

वडा अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा पदाधिकारी र सदस्यहरुलाई प्रमुख अतिथि केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले सपथ गराउनुभएको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि सहइञ्चार्ज निर्मल आचार्य, प्रदेश समिति सदस्य लक्ष्मण आचार्य, दाङ जिल्ला अध्यक्ष टीकाराम खड्का, सचिव तुलसीराम पुन ‘सुवास’, कार्यालय सदस्य सुरामणि बेलबासे, निर्वाचन क्षेत्रीय संयोजक निर्मल महरा ‘एटम’, नगर अध्यक्ष राममणि पाण्डे, सचिव प्रमोद शर्मा र घोराही १७ का वडाअध्यक्ष खुशीराम चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

नगर कार्यालय सदस्य प्रकाश चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव धनिराम चौधरीले गर्नुभएको थियो । नेकपाको घोराही १७ नम्बर वडा समिति पदमबहादुर केसी अध्यक्ष र धनिराम शर्मा सचिवसहित ३५ सदस्यीय रहेको छ ।

Facebook Comments