• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बआचौं अभियान गठन, उपकूलपतिको राजीनामा माग




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एकपछि अर्को विवादमा फस्दै गएपछि जनस्तरबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बआचौं अभियान गठन गरिएको छ ।

आज घोराहीमा भएको सर्वपक्षीय भेलाले विकिरण गौतमको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बआचौं अभियान गठन गरेको हो ।

जसको सदस्य सचिव सविन प्रियासन रहनुभएको छ भने सदस्हरुमा बसन्त जोशी, दीपक सुवेदी, श्रीधर महरा, लक्ष्मी आचार्य, मञ्जु बज्राचार्य, भुवन चौधरी, यादव गिरी, सन्तोष पोख्रेल, शक्तिराम डाँगी, रमेश पाण्डे, शरद अधिकारी, भुपेन्द्र ओली र टिका बस्नेत रहनुभएको छ ।

भेलाले प्रतिष्ठानका उपकूलपति संगीता भण्डारीको कार्य असक्षमता देखिएको भनदै सम्बन्धित निकाय समक्ष राजीनामा माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले राजीनामा दिएको सम्बन्धमा स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै वार्ता र संवादको माध्यमबाट उहाँहरुको माग पूरा गरी काममा फर्कने वातवारण बनाउन प्रतिष्ठानसमक्ष माग गर्ने निर्णय पनि भेलाले गरेको छ ।

Facebook Comments