सेनाको जागिर। सरकारी सेवा। चित्तबुझ्दो पगार। इज्जतिलो पेशा। गाउ–समाजले गर्ने सम्मान उस्तै। तुलसीपुर–६ का ४४ वर्षीय सुरेन्द्र केसीलाई जीवनमा यी कुराले मात्र खुशी दिन सकेन। १८ वर्ष सेनामा रहदा मनमा भने एक किसिमको बेचैनी सधैं रहिरह्यो।
त्यो के थियो ? फौजमा रहुञ्जेल कारण खोज्न सम्भव भएन। सजिलो पनि त थिएन। सेवा निवृत्तपछिको बा“की जीवन स्वास्थ्य क्षेत्रमा समर्पित गरेपछि भने त्यो खुशी भेटियो। १८ वर्ष फौजी जीवन बिताएपछि उहा“ अहिले तुलसीपुर स्थित आरोग्य प्राकृतिक क्लिनिकमा बिरामीको स्वास्थ्य सेवामा समर्पित हुनुहुन्छ। फौजमा रह“दा मुलुकको सुरक्षाका निम्ति तैनाथ रहनुभएका उहा“ अहिले भने बिरामीको सेवामा अहोरात्र खटिरहनुभएको छ।
‘पैसा त सेनामा रहदा पनि थियो’– बिरामीको सेवामा रमाउदै खुुशी साट्नुभयो– ‘धेरै आनन्द भेटें यहा। बिरामीको सेवा गर्न पाउ“दा खुशी छु।’ नेपाल आर्मीमा रह“दा हातहतियारस“ग खेल्नु अनिवार्य थियो। त्यसैबेला देश सशस्त्र युद्धको चरम उत्कर्षमा थियो।
सेनामा रहदा मनमा एउटा डर भने सधैं रहिरह्योे– कतै मुठभेडका क्रममा आफ्नो हातबाट अनाहकमा कोही मारिने त होइन ? तर संयोग भनौं त्यस्तो कहिल्यै भएन। ‘युद्धमा प्रत्यक्ष सहभागी हुने र मूठभेडमा कहिल्यै परिएन’– सम्झदा खुशी लाग्छ उहालाई।
सेनामा रहुञ्जेल कहिले बन्दुक त कहिले बम समाएका हात अहिले भने बिरामीको सेवामा व्यस्त छन्। उनै हात रोगव्याधले थिचिदै गएका बिरामीहरुको घाउ“मा मल्हम बन्छन्। ‘फौजमा रहेर राष्ट्रको सेवा गर्न पाउनु आफैमा गर्वको कुरा हो’– उहा भन्नुहुन्छ– ‘हिजो राष्ट्रको सेवा गरें। आज मानवीय सेवामा समर्पित छु।’
उसो त औसत मानिस सेवानिवृत्त पछिको जीवन ऐशआराम र फुर्सदमै बिताउ“छन्। कोही राजनीतिक रुपमा सक्रिय हुन्छन्, नभए धर्मकर्ममा जुट्छन्। उहाको जीवनमा भने यी कुरा फरक भए। फुर्सदमा समय बिताउनु सेनामा सिकेको अनुशासन भन्दा बाहिरको कुरा थियो।
‘मनले पनि त्यसो गर्न दिएन’–उहाले भन्नुभयो– ‘शुरुको तीन वर्ष त विदेशमै बिताए“। त्यसपछि व्यापार गरें। तर दुबैमा मन रत्तिएन।’ त्यसपछि मात्र हो उहा स्वास्थ्य क्षेत्रमा लागेको। अहिले उहा“लाई लाग्छ, मानवीय सेवा जस्तो ठूलो जीवनमा अरु केही छैन।
बढ्दो उमेरसगै रोगले थिचोल्दै गएका बिरामीहरु क्लिनिकमा आइपुग्छन्। धेरै जसो ज्येष्ठ नागरिक हुन्छन्। सामान्य विरामीदेखि शरीरका अंग चलाउन नसक्ने प्यारालाइसिसका बिरामी उपचार खोज्दै क्लिनिकसम्म आउछन्। उनै बिरामीको सेवामा खट्नुहुन्छ उहा। डाक्टरको सल्लाहअनुरुप विरामीलाई हिडडुल गराउनु, ब्यायाम गराउनु, प्राकृतिक पद्धतिबाट उपचार गर्नु र फिजियोथेरापी गराउनु उहा“को दैनिकी बनेको छ अहिले।
बिरामीको स्याहारसुसार गर्नु आफैमा सजिलो काम भने होइन। दिनरात खटिनुपर्ने। बिहान, साझ उनैको सेवा गर्दैमा बित्छ। तर यसमै सन्तुष्ट हुनुहुन्छ उहा“। यही दौरानमा थुप्रै बिरामीहरुलाई निको बनाउन सकेकोमा उहालाई आत्मसन्तुष्टि हुन्छ। ‘यहाबाट निको भएर गएका कतिले अहिले पनि फोन गर्नुहुन्छ। कृतज्ञता व्यक्त गर्नुहुन्छ’– उहाले भन्नुभयो– ‘अहिले लाग्छ जीवनमा खोजेको खुशी सायद यही थियो।’
जीवनको करिब दुई दशक कहिले बन्दुक बोकेर देशका कुनाकन्दरामा पुग्दै त कहिले बम डिफुज गर्दै राष्ट्रको सुरक्षाका निम्ति बित्योे। अब उहा“को चाहना छ– बा“की जीवन पनि यसैगरी बिरामीको सेवामा समर्पित गर्ने र मानवीय सेवा गर्दै बाकी जीवन बिताउने ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।