• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको एकता र कमिटी निर्माण प्रकृया अन्तिम चरणमा




रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता संगै पार्टीको संगठनात्मक प्रकृया अन्तिम चरणमा पुगेको छ ।

गत श्रावन ७ गते सानीभेरी गाउँपालिकाको गाउँ कमिटि निर्माण भए लगतै कार्ययोजना निर्माण गरी अघि बढ्ने गाउँ कमिटी अध्यक्ष टेक बहादुर पुन (छायाँ)को प्रतिबद्धता अनुसार हाल सम्म ९ वटा वडाको वडा कमिटी निर्माण गरिएको छ ।

सानीभेरी गाउँपालिकाका ११ वटा वडा मध्य ९ वटा वडामा वडा कमिटी निर्माण गरी ति वडाहरुका टोल कमिटि र सेल कमिटी निर्माण प्रकिया पनि साथसाथै लगिएको अध्यक्ष टेकबहादुर पुनले बताउनु भयो । अध्यक्ष पुनले भन्नुभयो वडा नं ८ र ९ विशेष कारणले केहि ढिला भएपनी यहि भाद्र ५ गते भित्र वडा¸ टोल र सेल कमिटि निर्माण कमिटी गठन प्रकूया सम्पन्न हुनेछ ।

यसैबीच सानीभेरी गाउँपालिका वडा नं ७ को वडा कमिटी निर्माण प्रकृया टुंगोमा पुगेको छ । धनबहादु ओलीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ भने सचिबमा चन्द्र बहादुर पुनलाई सिफारिस गरिएको छ । अध्यक्ष पूर्व माओबादीबाट र सचिब पूर्व एमालेबाट सिफारिस गरिएको छ ।

Facebook Comments