• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकतालाई वडा र टोलसम्मै लैजानुस्: इन्चार्ज शाही




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज महेन्द्रवहादुर शाहीले समाजवादी व्यवस्था स्थापनाको वस्तुगत आवश्यकता पुरा गर्न २ ठुला कम्युनिष्ट पार्टी विच एकता भएको वताउनुभएको छ । सोमवार सदरमुकाम मान्मामा भएको नेकपा कालिकोटको दोश्रो वैठकलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका शाहीले केन्द्रमा पार्टी एकताका मुलभुत कार्य सकिएको वताउदै अव स्थानीय स्तरमा पार्टी एकता टुंग्याउन निर्देशन दिनुभएको छ ।

उहाँले एकता प्रक्रियामा जिम्मेवारी विभाजनमा केही समस्या देखिएको भएपनि विशेष परिस्थितिमा विशेष निर्णय लिईएको वताउदै कुनै पनि असन्तुष्टि र गुटगत मानसिकता नराख्न आग्रह गर्नुभयो । नेता शाहीले सवैको क्षमता र भावनाको कदर गर्दै जिम्मेवारी व्यवस्थापन गरिने भन्दै एकता प्रक्रियामा लिईएका निर्णयका कारण पार्टी एकताको स्पिरिटलाई कमजोर वनाउने काम कोही पनि नेता कार्यकर्ताले गर्न नहुने वताउनुभयो ।

पार्टीको जिम्मेवारी लिने र कार्यक्षेत्रमा नजाने प्रवृत्तिले पार्टी नवन्ने भन्दै नेता शाहीले वडा तथा टोलसम्मै पार्टी एकता पुरा गर्न सिंगो जिल्ला कमीटी एकढिक्काका साथ जानुपर्ने वताउनुभयो । कम्युनिष्ट पार्टी विना जनताको विकास र समृद्धिको सपना साकार नहुने वताउदै शाहीले पार्टी निर्माणका लागि जनताले नरुचाएका कामहरु नगर्न निर्देशन गर्नुभयो ।

पार्टीको उही नेता विद्यालयको अध्यक्ष, उही नेता उपभोक्ता समितिको अध्यक्ष उही नेताको डोजर हुने कुरा जनतालाई मन नपरेको वताउनुभयो । उहाँले नेता कार्यकर्ताहरुको कामका आधारमा दण्ड र पुरस्कारको विधि पार्टीमा लागु गर्ने वताउनुभयो ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहनुभएका शाहीले सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्न तथा जनता सम्म स्थापित गर्न निर्देशन गर्नुभयो । कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकारले गर्न नसकेको काम अरु कोही आएर नगर्ने वताउदै शाहीले सरकार जनताको सपना साकार गर्न लागिपरेको वताउनुभयो ।

सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकले ९ वटै तहका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । पुर्व माओवादी केन्द्रवाट ५ वटा स्थानीय तहका अध्यक्ष र पुर्व एमालेवाट ४ वटा स्थानीय तहको अध्यक्षको जिम्मेवारी दिने गरि स्थानीय तहको एकतालाई टुंग्याईएको जिल्ला सदस्य खेमवहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलाता गाउँपालिका, पचालझरणा गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष पुर्व माओवादीलाई दिईएको छ । त्यसैगरी खाँडाचक्र नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र नरहरिनाथ गाउपालिका पुर्व एमालेलाई दिईएको छ ।

नेकपा कालिकोटका स्थानीय तहका अध्यक्ष/सचिव
तिलागुफा नगरपालिका दिनेश चदारा/श्रीवहादुर शाही
रास्कोट नगरपालिका पोषण शाही/दयाराम सिंम्खडा
पलाँता गाउपालिका विष्णु ईन्द्र रोकाय/राजवहादुर बम
पचालझरणा गाउँपालिका पौरख वि.क./मर्मजंग बम
सान्नीत्रिवेणी गाउँपालिका महेश केसी/कृष्णकला पाण्डे
खाँडाचक्र नगरपालिका तुलाराज मल्ल/धनलाल अधिकारी
शुभकालिका गाउँपालिका खडानन्द चौलागाई/गोविन्द आचार्य
महावै गाउँपालिका खडकवहादुर सिंह/हर्कवहादुर शाही
नरहरीनाथ गाउँपालिका ………. /कमल शाह

Facebook Comments