• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा यस्तो छ राजश्व संकलनको अवस्था, कुन पालिका अगाडि, कुन पालिका पछाडि ?




रुकुमपूर्वका तीन स्थानीय रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा सिस्ने गाउँपालिकाले दोब्बर, भूमे गाउँपालिकाले झन्डै लक्ष्यअनुसार राजस्व उठाएको छ भने पुथा उत्तरगंगा गाउँपालिकाले राखेको लक्ष्य भन्दा पनि आधा राजस्व उठाउन नसकेको पाइएको हो ।

सिस्नेले ३६ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले ७५ लाख ६ हजार ६ सय ७४ रुपैयाँ राजस्व संकलन गरेको छ । बालुवा, जडीबुटी र मालपोत कार्यालयबाट राम्रो राजस्व उठेकाले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । गत वर्ष लक्ष्यभन्दा दोब्बर बढी राजस्व उठाएकोले चालू वर्षमा लक्ष्य बढाएर ७८ लाख ९३ हजार २ सय पुर्याएको छ ।

भूमे गाउँपालिकाले ४५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४३ लाख ५० हजार रुपैयाँ अर्थात कूल लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । लक्ष्यको १ लाख ८० हजार रुपैयाँ गाउँपालिकाले उठाउन नकेको हो ।

‘बहालवाला र व्यापार व्यवसायबाट लक्ष्य राखेको जस्तो राजस्व संकलन हुनसकेन्’ श्रेष्ठले भन्नुभयो‐‘चालू आर्थिक वर्षका लागि त्यसलाई सुधार तथा प्रभावकारी गरेर गाउँपालिको राजस्व संकलन गर्ने ऐन अनुसार लक्ष्यमा पुग्ने छौँ ।’

त्यसैगरी पुथा उत्तरगंगा गाउँपालिकाले लक्ष्यको आधा पनि राजस्व उठाउन नसकेको हो । १ करोड ८ लाख राजस्व उठाउने लक्ष्य लिएको गाउँपालिकाले करिव ४५ लाख मात्र राजस्व उठाएको छ । गाउँपालिकाले विभिन्न जडीबुटीबाट महत्वाकांक्षी लक्ष्य राखेको थियो । त्यसैगरी अन्य शीर्षकबाट पनि लक्ष्यअनुसार राजस्व नउठेको हो ।

यार्साबाट एक रुपैयाँ पनि राजस्व उठेन त्यसैले पनि झन्डै आधा मात्र राजस्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बुढाक्षेत्रीले बताउनुभयो । ‘गाउँपालिकाले राजस्वको प्रमुख स्रोतमा यार्सालाई मानेका थियौँ’ उहाँले भन्नुभयो‐‘यार्साबाट एक रुपैयाँ पनि राजस्व आएन, यार्सामा केही व्यक्तिको एकाधिकार भएको कारण राजस्व उठाउन नसकिएको हो ।’

सिस्ने र भूमेले प्रत्येक आर्थिक वर्षमै राजस्व संकलन गर्ने लक्ष्य थप गर्दै गइराखेको छ । सिस्नेले चालू आर्थिक वर्षमा ७८ लाख ९३ हजार २ सय पुर्याएको छ । ०७४÷७५ मा १८ लाख ३० हजार २ सय ९४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यसैगरी भूमेले चालू आर्थिक वर्षमा सुधार हुने अपेक्षा सहित ४९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । ०७४/७५ मा १८ लाख ९९ हजार रुपैयाँ संकलन गरेको थियो । पुथाले यार्सालाई राजस्वको स्रोतबाट हटाएर लक्ष्य पनि घटाउँदै चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ मात्र लक्ष्य लिएको छ ।

यी तीन गाउँपालिकामा सेवा शुल्क, मालपोत, सिफारिश दस्तुर र अन्य प्रशासनिक आम्दानी नै राजस्वको मूल स्रोतका रुपमा रहेका छन् । साथै घर बहाल कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, व्यक्तिगत घटना दस्तुर र व्यक्तिगत सम्पत्तिमा लाग्ने करबाट केही मात्रामा प्राप्त रहेको छ ।

ढुङ्गा, गिट्टी बालुवाको स्रोत न्यून रहेको, व्यापार व्यवसाय कम भएको पुथा र भूमे रहेका छन् । सिस्नेमा ८, भूमेमा ९ र पुथामा १४ वटावडा रहेको छ ।

Facebook Comments