• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा सरकारले थाल्यो टोलटोलमा जनभेटघाट




रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ९ ले टोल टोलमा पुगेर जनभेटघाट गर्ने अभियान शुरु गर्ने भएको छ ।

सरकारी गैर सरकारी तथा अन्य विभिन्न निकायमा दर्ता भएर टोलमा क्रियाशील समूह, सस्था, सहकारी, विद्यालय बयवसथपन समिति, वन समूहलगायत टोल बिकास सस्थाका पदाधिकारीलाई एकै ठाउँमा जुटाएर छलफल गर्न थालिएको हो ।

ती संस्थाहरुले समुदायको हितमा के कति काम गरेका छन् र वडाले के गर्न सक्छ भनेर सुझाव माग्ने काम पनि अभियानको क्रममा गरिने छ । समूहको कामको अवस्था, समुदायको हितमा भएका काम, आर्थिक पारदर्शिता र देखिएका समस्याबारे खुलस्तरुपमा टोलटोलमा छलफल गरिने वडाले जनाएकाले ।

चाडपर्वनजिकिदै गर्दा गाउँ हुने सामाजिक बिकृतिलाई रोक्दै शान्ति सुरक्षाको वातवारण मिलाउन पनि यस्तो अभियान थालिएको अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

आगामी यस्तो भेटघाट भदौ ९ गते कामीगाउ टोल बिकास सस्थाको हिलमा,१० गते होल लिङगुर टोल बिकास सस्थाको लिङगुरडाँडामा, ११ गते नमुना टोल बिकास सस्थाको चौखावाङमा,१२ गते स्वारा कुन्सिम्ला टोल बिकास सस्थाको कुन्सिम्लामा र १३ गते होलतारा अदुवारी टोल बिकास सस्थाको वडा कार्यालय होलतारामा सयुक्त बैठक आव्हान गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

टोल बिकास सस्थाका अध्यक्षहरु र जनप्रतिनिधिहरुको सयुक्त बैठकले सो निर्णय गरेको हो । अभियानको नेतृत्व वडा अध्यक्ष नवीन ओलीले गर्नुहुने छ ।

Facebook Comments