• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ होइन सगरमाथा नै भन्न प्रधानमन्त्रीको आग्रह




प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।

एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्स्तो आग्रह गर्नुभएको हो ।

उहाँले गैंडालाई गैंडा नै भन्नु पर्ने जिकिर पनि गर्नुभयो । सम्मेलनमा सहभागी करिब चार सय विदेशी पाहुना अगाडि प्रधानमन्त्रीले भन्नुभयो– ‘‘गैंडाज आर गैंडाज, नट राइनोज ।’

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर छ । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । यसैबाट सगरमाथालाई लामो समयसम्म चोमोलुङ्मा भनिन्थ्यो ।

सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो ।

बिसं २०१२ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राख्नुभएको हो । उहाँले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेख्नुभएको छ ।

सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

Facebook Comments