• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयका छात्रा र शिक्षिकालाई सेनेटरी प्याड बनाउने तालिम




रुकुम पश्चिम सानीभेरी गाउँपालिका भित्राका ११ वटा विद्यालयका छात्रा र महिला शिक्षिकाहरुलाई महिनावारी स्वच्छता तथा सेनेटरी प्याड बनाउने १ दिने तालिम प्रदान गरिएको छ ।

सानीभेरी गाउँपालिका अन्तर्गत बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको सहजीकरणमा तालिम संचालन गरिएको हो । ११ वटा विद्यालयका करिव ६० जना छात्राहरु र सोही विद्यालयका शिक्षकाहरुलाई तालिम दिइएको छ ।

विद्यालयमा आउने छात्राहरुलाई महिनावारी भएको वेला विद्यालय आउनबाट बञ्चित हुने भएकाले आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न प्रोत्साहित गर्न तालिमको आयोजना गरिएको बहुक्षेत्रिय पोषण सहजकर्ता सरस्वती बिकले बताउनु भयो ।

त्यस्तै तालिम उद्घाटन गर्दै सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले तालिमले गाउँपालिका भित्रका सबै किशोरीहरुको विद्यालय अनुपस्थिति दर घटाउन महत्वपूर्ण भुमिका खेल्ने बतानुभयो ।

उहाँले विद्यहरुमा यस अघिनै आइरन फोलिक एसिड खुवाने कार्यक्रम सरकारले गरेको र प्रभावकारी रुपमा नभएको पाइएकाले सबै छात्राहरुले आइरन फोलिक एसिड खाने कार्यक्रमलाई पनि प्रभावकारी बनाउन सहभागीलाई अनुरोध समेत गर्नुभयो ।

सानीभेरी गाउँपालिका सिम्लीमा भएको स्वच्छता तथा सेनेटरी प्याड बनाउने १ दिने तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नरबहादुर पुन¸ प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्ल¸ शिक्षा शाखा प्रमुख भुपाल सिं विष्ट¸स्वच्छता परियोजना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Facebook Comments